भैंसी विकास श्राेत केन्द्र : गाेठ निर्माणमा कमसल सामग्री प्रयाेग, साहुकाे ब्याज तिर्न भैंसी बेच्दै किसान

सेयर गर्नुहोस

अंकुश श्रीवास्तव
कपिलवस्तु , असाेज ६ । जिल्लाकाे विजयनगर गाउंपालिकाकाे भैंसी बिकास श्राेत केन्द्रका किसानलाई अनुदानकाे गाेठ निर्माणका लागि ऋण तिर्न भैंसी नै बेच्नु परेकाे छ ।
भुमि व्यवस्था तथा सहकारी मन्त्रालय ,लुम्बिनी प्रदेशकाे कार्यक्रम अन्तर्गत विजयनगर गाउंपालिकाकाे सहकार्यमा भैंसी बिकास श्राेत केन्द्र स्थापनामा गाेठ निर्माणका लागि चाहिने रकमकाे ५०प्रतिशत प्रदेशले ,३० प्रतिशत रकम उपभोक्ता तथा २० प्रतिशत विजयनगर गाउंपालिकाले तिर्नु पर्नेमा उपभाेक्ताले १० भैंसीका गाेठका लागि १ लाख ६५ हजार का दरले रकम तिर्नुपर्नेछ । धेरैजसोले तिरिसकेका छन ।
तीन बर्षे कार्यक्रम अन्तर्गत आर्थिक बर्ष ०७७/०७८ मै गाेठ निर्माण सम्पन्न हुनुपर्नेमा अहिलेसम्म अपुराे रहेकाले भैंसी पालन लगायतका कार्य कृषकहरुले गर्न नसकेर स्थानीय साहुसंग लिएकाे ऋण तिर्न नसक्ने बाध्यकारी अवस्था सृजना भएकाे छ । भैंसी पालक कृषक कुन्जी यादवले गाेठ निर्माणका लागि गाउंपालिकाद्वारा निर्माण जिम्मा पाएका समितिका अध्यक्ष शिवनाथ यादवले आफै स्थानीय हार्डवेयर पसलका मालिक जगनारायण गुप्ता (खाेक्कान नामले परिचित)संग ऋण लिन लगाएकाे बताए । बिजयनगर गाउंपालिकाकाे चार नम्बर चाैकमा हार्डवेयर पसल भएका गुप्ताले टीन ,फलाम लगायतका समानका साथै अधिकांश गाेठवालालाई व्याजमा पैसा दिई तम्स्सुक पनि गराएकाे बताउँछन । उनी गाेठ निर्माणका सामग्री लिंदा उपभोक्ताले तिर्नुपर्ने ३० प्रतिशत रकम बराबरकाे सामग्रीकाे मुल्यांकन गरि नगद रकमकाे तम्सुक बनाई व्याज वसुल गर्दै आएका छन ।

अनुदान रकम भन्दा साहुकाे व्याजकै चिन्ता
साहुसंग लिएकाे ऋणमा मासिक ४ प्रतिशतका दरले लाग्ने व्याज तिर्न आफ्नाे एउटी भैंसी नै बेच्नु परेकाे रुंदै कुन्जी यादवकी श्रीमतीले बताईन । कमाइकाे एउटामात्र स्राेत भैंसीलाइ बेच्दा मन राेयाे तर व्याज तिर्ने तनावले बेचिदिएं त्यसपछि पनि आवश्यक रकम तिर्न नसकेकाे बताउँछिन् । उनी भन्छिन हामीले अनुदानमा हात हालेर फस्याैं कुल ५ लाख लागतकाे गाेठ निर्माणमा १ लाख ६४ हजार आफै तिर्न नसक्ने अवस्था रहेकाेले ऋण नै लिनुपरेकाे थियाे । अहिलेसम्म गाेठ अपुर्ण रहेकाे र यति ठुला ठुला गाेठका लागि भैंसी किन्न समेत पैसा नरहेकाेले ब्याजै तिर्न रातदिन तनाव रहेकाे उनी बताउँछिन् । गाेठ निर्माण पनि राेकिएकाे छ पुरानाे छाप्राकाे गाेठ नै ठिक थियाे कम्तिमा भैंसीले दुई छाक टार्थ्याे तर हर अहिले तर नुनसमेत जाेहाे गर्न समस्या रहेकाे उनी बताउँछिन ।

गाेठमा कमसल निर्माण सामग्री
अनुदानकाे गाेठ निर्माण विजयनगर गाउंपालिकाले आफै जिम्मा लिएर मनपर्ने मान्छेलाई उपभाेक्ता समितिमा राखेर श्रमिकदेखि सामानसम्म आफै पुर्याउदै आएकाे भैंसी पालक किसानकाे गुनासाे छ । भन्छन , हाम्राे केही जिम्मेवारी छैन सबै स्राेतसाधान गाउंपालिकाले जिम्मा लगाएकाेले पठाउंदै आएकाे छ ना त प्रविधिक आउंछन न काेही रेखदेख गर्छन हामी आफ्नाे गाेठपनि निर्माण हुन नसकेकाले अप्ठ्यारोमा परेका छाैं। गाेठमा प्रयाेग गरिएकाे स्थानिय चरंगहवा खाेलाकाे मसिनाे बालुवा रहेकाे र इंटा पनि २-३ नम्बरकाे कमसल रहेकाे स्थानीय भैंसी पालक किसानहरु बताउँछन् । छानामा पनि टिन फरक फरक मापदण्डका छन ३६ एमएम र ४० एमएमका प्रयाेग भएकाे पनि इस्टिमेटमाथि शंका उत्पन्न गरेकाे छ।

गाउंपालिकासंग अपेक्षा
गाेठ निर्माणमा कतिपय किसानहरु ऋणकाे व्याज तिर्न असक्षम रहेकाले प्रदेश सरकारकाे ५० प्रतिशत अनुदान र गाउंपालिकाले पनि २० काे सट्टा ५० प्रतिशत नै अनुदान गरेकाे भए हामीले व्याज लिने अवस्था हुने थिएन । धेरै जसाे किसानसंग एक दुई भैंसी मात्र छन त्यसकारण अनुदानमा भैंसी उपलब्ध गराउंदा पनि आर्थिकभार कम हुने विस्वास छ ।

तीन बर्षे याेजनाकाे कुल बजेट ३ कराेड रहेकाे यश कार्यक्रमले विजयनगर गाउंपालिकामा भैंसी पाकेट क्षेत्र बिकास हुनु राम्राे हाे । डालपुर ,नाैरंगिया क्षेत्रमा दुग्धजन्य पदार्थका् उत्पादनले समग्र गाउंपालिका र यस क्षेत्रमा दुधकाे अभाव कम गर्न सकिने प्रमुख प्रशासकिय अधिकृत गाेविन्द भट्टराईले बताउनुभयाे । गाेठ निर्माणकाे जिम्मा समूह बनाई स्थानीय स्तरबाटै हुँदै आएकाे छ अनुगमन गरि आवश्यक कार्यावाही गरिने छ , तर ऋणकाे सन्दर्भमा गाउंपालिकाकाे आर्थिक स्राेतका आधारमा छलफलपछि मात्र अगाडि बढ्न सकिने भट्टराईले बताउनुभयाे ।

Facebook Comments Box