बालबालिकाहरूमा सचेतना जगााउदै माईति नेपाल
नन्दु यादव असाेज ६पश्चिम नवलपरासी
४२ औं सामाजिक सेवा दिवसको अवसरमा माईति नेपाल महेशपुरले ३दिवसिय कार्यक्रम सन्चालन हिजाे देखि सुरु गरेकाे छ । कार्यक्रम काे अाज दाेस्राे दिन पाल्हिनन्दन गाउपालिका वडा न १मा रहेकाे
बाल शिक्षा निकेतन मा. बि को कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई मानव बेचबिखन ,बाल बिवाह घरेलु हिसा को विषयक सचेतना कार्यक्रम सम्पन्न गरिएकाे छ । सचेतना कार्यक्रम लाई सिमा प्रहरी चाैकि महेशपुरका प्रहरी सहायक निरिक्षक राजेस कुमार कानुले घरेलु हिसा मानव बेचबिखन र बाल बिवाह भएमा के कसरी र कति सजाय छ भन्ने बारे प्रशिक्षण गर्नु भएकाे थियाे भने मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण बालबिबाह,बालयाैनशाेषण घरेलु हिसा सम्बन्धि माईति नेपाल कि प्रमुख एलिसा श्रेष्ठले प्रशिक्षण दिनु भएकाे थियाे।यसै गरि पाल्हिनन्दन गाउपालिका वडा न २अमानिगन्जमा किशाेरकिशाेरीहरुलाई सचेतना सम्बन्धि प्रशिक्षण दिईएकाे छ।एबिसि नेपालले सहजीकरण गरेको थियो। माईतिनेपाल र सिमा प्रहरी चाैकि महेशपुरकाे सयुक्त अायाेजनामा कार्यक्रम सम्पन्न गरिएकाे हाे ।कार्यक्रम मा किसोर किशोरी हरुलाइ मानव बेचबिखन,घरेलुु हिन्सा बाल बिवाह ,बलात्कार सम्बन्धि प्रशिक्षण गरिएकाे बताईएकाे छ ।यसै गरि भाेलि तेस्राे दिन सुनवल नगरपालिका वडा न ३मा महिला समुहमा सचेतना कार्यक्रम सम्पन्न गरिने माईती नेपाल महेशपुरले जनाएकाे छ।
