भारतले नेपाललाई थप खाेप उपलब्ध गराउने छ : राजदूत

सेयर गर्नुहोस


काठमाडौं । भारतले कोभिड-१९ विरुद्ध नेपाललाई थप खोप सहायता उपलब्ध गराउने नेपाली राजदूत नीलाम्बर आचार्यले बताएका छन् ।

भारतीय न्यूज एजेन्सी एनीसँग कुरा गर्दै आचार्यले नेपालले पाउन बाँकी १० लाख डोज खोपसहित थप मात्रा आउने तयारीमा रहेको बताएका छन् । ‘अक्टोबरदेखि सुचारु हुने खोप आपूर्ति र भ्याक्सिन मैत्रीको कारण नेपालले थप खोप प्राप्त गर्नेछ’ राजदूत आचार्यले भने ।

गाभी नेतृत्वको कोभ्याक्सले नेपालजस्ता विकासोन्मुख मुलुकलाई समान खोप वितरणमा जोड दिएको पनि उनले जनाएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले यसैसाता आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्रीले विदेशमा लगाएको खोप निर्यात खुला गर्ने बताएका थिए ।

Facebook Comments Box