कृष्णनगरकाे हरिगवां नजिककाे पाेखरीमा डुबेर एक जनाकाे मृत्यु

सेयर गर्नुहोस

धर्मेन्द्र कुमार कुर्मी

विजयनगर , असाेज ४ । कृष्णनगर नगरपालिका वडा १२ हरिगवां गाउ नजिकका पाेखरीमा एकजना डुबेर मृत्यु भएकाे छ ।

लगभग ५५ बर्षिय स्थानिय राम सेवक यादव पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
प्रत्यक्षदर्शी अनुसार बिहान करिब ८ बजे काम विशेष घरबाट निस्केका यादवकाे शव खाेजी गर्दा सांझ नजिककाे पाेखरीमा मृत अवस्थामा भेटिएकाे छ ।
मृतक यादवकाे शव पाेष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगंज पुर्याइएकाे थियाे ।

Facebook Comments Box