प्रतिमान निमा स्मृति प्रतिष्ठानद्वारा लुम्बिनी प्रदेशलाई २ करोड बराबरकाे स्वास्थ्य सामाग्री सहयाेग

सेयर गर्नुहोस

असोज ४ अर्घाखाँची :प्रतिमान निमा स्मृति प्रतिष्ठानले बुटवलमा आज एक समारोह बिच प्रतिष्ठानका उपाध्यक्ष पुर्व स्वास्थ्य मन्त्री दीपक बोहराले लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल बहादुर केसीलाई करिव २ करोड बराबरको ११ प्रकारका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भयो ।
बिगतमा पनि लुम्बिनी प्रदेशलाई करिब २ करोड ५० लाख बराबरको सामाग्री लुम्बिनी प्रदेश र अन्य ६ वटा प्रदेशलाई १/१ करोड बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको र अरू सहयोग पनि गरिने प्रतिमान निमा स्मृति प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाति थापाले जानकारी गराउनु भयो । आज सम्पन्न समारोहको अध्यक्षता स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. बिकास देवकोटाले गर्नु भएको थियो । साथै कार्यक्रममा राप्रपा लुम्विनी प्रदेश अध्यक्ष प्रदिपकुमार उदय, राप्रपा रूपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, राप्रपा बुटवलका अध्यक्ष निरद प्रताप खॉण सगायतका उपस्थिती रहेको छ ।

Facebook Comments Box