ठेकेदारकाे लापरवाहीले कालाेपत्रे सडक भासियाे, पालिकालाई टेरेन

कपिलवस्तु , असाेज ३ । जिल्लाकाे कृष्णनगर नगरपालिकाकाे पुरुषाेत्तमपुर-वगही कालाेपत्रे सडक निर्माणकाे छ महिना मै ठाउँ ठाउंमा भांसिएकाे छ ।
कुल लागत ७६ लाख ९० हजार लागतमा कृति कन्सट्रक्सनले निर्माण गरेकाे ९ सय मीटर लम्बाइ र साढे पांच मिटर चाैडाइकाे पुरुषाेत्तमपुर-वगही कालाेपत्रे सडकमा ठेकेदारले कमसल सामग्री प्रयाेग गरेकाले भांसिएकाे छ । दुई इन्च माेटाईमा कालाेपत्रे गर्ने इस्टिमेट रहेकाे साे बाटाेकाे बेसमा माटाे बढी प्रयाेगले पानी परेपछि फैलिएकाे हुनसक्ने प्रविधिक अनुमान छ । कृष्णनगर नगरपालिकाका याेजना प्रविधिक तथा साइट इन्जिनियर प्रदीप चाैधरीका अनुसार बाटाे इस्टिमेट कै आधारमा बनेकाे छ ,तरपनि ठेकेदारले बनाएकाे बाटाे एक बर्ष भित्र बिग्रियाे भने साेही ठेकेदारले मर्मत अथवा पुनर्निर्माण गर्नुपर्नेछ।
साउन मसान्तमै ठेकेदारलाइ सुचना गराइएतापनि हाल सम्म पुनर्निर्माण नहुनुमा ठेकेदारकाे लापरवाही र नगरपालिका पनि उदाशीन रहेकाे स्थानीयहरुकाे गुनासाे छ ।
