अवैधरुपमा भित्रिदै गरेकाे प्रतिबन्धित भारतीय चल्ला बरामद गरि नष्ट

सेयर गर्नुहोस
तस्बिर : इप्रका कृष्णनगर

कृष्णनगर , असाेज ३ । इलाका प्रहरी कार्यालय कृष्णनगरले अवैधरुपमा भारतबाट नेपाल भित्रिदै गरेकाे प्रतिबन्धित चल्ला बरामद गरि नष्ट गरिएकाे छ ।
शनिबार राति एघारा बजे कृष्णनगर नगरपालिकाकाे डुमाई हुदै नेपाल भित्रिने क्रममा प्रतिबन्धित बोईलर कुखराको चल्ला ४ हजार २ सय गाेटा बरामद गरिएकाे इप्रका कृष्णनगरका इन्चार्ज प्रनि सुकदेव पाैडेलले जानकारी गराएका हुन । बिशेष सुकारीका आधारमा प्र.नि. पौडेल सहितकाे प्रहरी टोलीले चल्ला बरामद गरि नियन्त्रणमा लिएकाे थियाे ।
नेपालमा प्रतिबन्धित भारतीय बोईलर कुखुराको चल्लालाई बरामद गरि लुम्बिनी हेचरी संघ रुपन्देहीका प्रतिनिधी,पशु क्वारेन्टाईनका कर्मचारी, स्थानिय जन प्रतिनिधी , पत्रकार तथा बुद्धिजीवीकाे राेहबरमा कृष्णनगर नगरपालिका वडा नं. ४ स्थित चरङगहवा खोला किनाराको खाली जग्गामा खाडल खनी गाडी नष्ट गरिएकाे छ ।

Facebook Comments Box