माेदीलाई देउवाले दिए जन्मदिनकाे शुभकामना

सेयर गर्नुहोस


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदिको अकाउन्टमा मेन्सन गर्दै देउवाले जन्मदिनको अवसरमा शुभकामना दिएका हुन्। उनले मोदीको दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

मोदी आजबाट ७१ वर्षमा प्रवेश गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार मोदीको जन्मदिनमा भारतीय जनता पार्टीले २० दिनसम्म मनाउने जनाएका छन्। जन्मदिनको अवसरमा भाजपाले देशका विभिन्न स्थानमा भव्य कार्यक्रमहरुको आयोजना गरेको जनाएको छ।

Facebook Comments Box