पश्चिम् नवलपरासी मा होसियार भर्ना अभियान तत्काल बन्द गर्न माग

सेयर गर्नुहोस

कृपया थोरै समय निकाले पढ्नु होला ।

#होसियार !
#कार्यकर्ता_भर्ना_अभियान_तत्काल_बन्द_गरियोस्।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक) ले जागिरको लालच दी कार्यकर्ता भर्ना अभियान शुरू गरेका छन्।

हेर्नुहोस् कार्यकर्ता भर्ना अभियानको तरीका

हाल पाल्हीनन्दन गाउँपालिकाले सम्पूर्ण माध्यमिक विद्यालयहरुमा प्राथामिक तह सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गराउनको लागि शिक्षक मागको विज्ञापन खोलिएको छ।

#अब_हेर्नुहोस्

पाल्हीनन्दन गाउँपालिकामा ६ वटा मा०वि० छन् , जस मध्ये ५ वटामा ७ शिक्षक र १ जना कार्यालय सहयोगी गरी ८ जना कर्मचारीको आवश्कताको विज्ञापन खोलिएको छ । यस हिसाबले ५ वटा विद्यालयमा ८×५=४० जना भर्ना हुने भए।

अब ४० जनाले रोजगारी पाउने ठुलो कुरा हो र राम्राे पक्ष पनि हो ।
तर यो कार्य एउटा घोडालाई घास देखाई तलवार देखि घाँटी काट्नु बराबर हो ।

#हेर्नुहोस्_यसका_तर्कहरु

१- गाउँपालिकाको शिक्षा निति कहाँ ? प्रकाशन किन भएको छैन ? यो कति समयको लागि हो ?

२- करार कर्मचारी भर्ना कार्यविधी कहा छ ?

३- यदि नेपाली र अंग्रेजी माध्यमको छुट्टा छुट्टै अध्यापन गराउने योजना हो भनें पालिका भित्र पर्ने ५ वटै माध्यमिक विद्यालयमा ७ वटा अतिरिक्त कक्षा कोठा कहा छ ?

४- यदि छैन् कक्षा कोठा भने एउटै माध्यममा पढाउने हो भने यो ४० जना शिक्षक कर्मचारी के का लागि ? कार्यरत शिक्षकको कहा प्रयोग गर्ने त ?

५- सुरूवातको चरण भर्ना गरिएका १८ भर्ना गरिएका शिक्षक कहा र के गर्न जान्छन् ?

६- यदि अङ्ग्रेजी माध्यममा पढाउन कार्यरत शिक्षक संग क्षमता न भएकै हो र ? यदि छैन् भने गाउँपालिकाले पूर्व तयारी अनुसार गर्दै छ भने ती शिक्षकलाई योग्य र क्षमतावान बनावन तालिम लगायतको व्यवाथापन किन गरिएन र कहिले किन गर्न सकिन्न ?

७- त्यति कार्यरत शिक्षकहरुलाई तालिमको व्यवस्था गरी योग्य बनाउन सकिन्न र ? त्यति शिक्षकहरु प्रोत्साहन स्वरूप थप सेवा सुविधाको व्यस्थापन किन गर्न सकिन् ?

८- यदि राम्रो लाई भर्ना गर्ने हो भने उमेदवारको घर परिवारका सदस्यलाई पार्टीमा सदस्यता किन ?

९- ७×५=३५ जना शिक्षकको मासिक तलब ११००० जुन नेपाल सरकारको न्यूनतम तलब भन्दा ३००० कम छ । किन ?

१०- ७×५=३५ जना शिक्षकको मासिक तलब ११००० अर्थात ३५×११०००=३,८५,००० मासिक , वार्षीक ३,८५,०००×१३= ५०,०५,००० रूपयाँ शिक्षक र ७×८०००=५६,००० मासिक, वार्षीक ५६,०००×१३=७,२८,००० अर्थात जम्मा गरि ५७,३३,०००/- वार्षिक खर्च हुने भयो ? यति किन ?

११- यदि गाउँपालिकाले ५ लाखको तालिमको व्यवाथपान गरी कार्यकर्ता शिक्षक लाई दियो भने गाउँपालिका को वार्षिक ५० लाख रुपैयाँ बच्ने थियो ? यो किन न गरेको ?

१२- चुनावको मुखमा आएर यस्ताे कार्य किन ? ४ वर्ष सम्म कहाँ सूती बसेको थियो त गाउँपालिका ?

यदि यस्तो गतिविधि तत्काल रोकिएन भने गाउँपालिकामा भूकम्प आउने छ।
गाउँपालिका अनिश्चितकालका लागी बन्द हुनेछ।

जागौ जनता जागौ !
अनियमितता, कार्यकर्ता भर्ना अभियान बारे आवाज उठाउ ।

भोलि नै यस विषयमा मुद्दा दर्ता गरौं ।
यस्ता गतिविधि बारे खुलेर बोलाउँ ।
क्षणिक फाइदा न सोचौं ।

Facebook Comments Box