टिकटक बनाउने क्रममा सेती नदिमा तनहुकि एक युवती बेपत्ता ।

सेयर गर्नुहोस

भदौ ३० अर्घाखाँची कपिलवस्तु टाईम्स टिकटक बनाउने क्रममा सेती नदीमा खसेर तनहुँकी एक युवती बेपत्ता भएकी छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोककी १९ वर्षीया पवित्रा लम्साल सेती नदीमा खसेर मंगलबार दिउँसो बेपत्ता भएकी हुन् । उनको पाँच दिनअघि मात्रै विवाह भएको थियो । ५ दिनअघि विवाह गरेकी लम्साल दुलहन फर्काउन माइत आएकी थिइन् ।

शुक्लागण्डकी नगरपालिका-८ लालिम माइती भएकी पवित्रा माइती आएर टिकटक बनाउन सेती किनार पुगेकी थिइन् । सेतीको किनार स्थित रक गार्डेनमा टिकटक बनाउँदा उनी नदीमाखसेको इलाका प्रहरी कार्यालय बेल चौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए। उनीसँग अन्य दुई जना साथी पनि थिए। लम्साल नदीमा खसेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए

Facebook Comments Box