अर्घाखाँची जिल्ला को सन्धिखर्क मा रहेको मदतल्याण्ड ईङलिस बोडिन स्कुल नेपाल मै उत्कृष्ट बनेयो
लक्ष्मण बि सि,
भदौ ३० अर्घाखाँची कपिलवस्तु टाईम्स अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेकाे मदरल्याण्ड इङ्लिस बाेर्डिङ स्कुल नेपालमै उत्कृष्ठ भएकाे छ ।
ब्रिटिस काउन्सिलले आयाेजना गरेकाे जलवायु परिवर्तन सम्वन्धि फिल्म प्रतियाेगितामा देशभरका ५० भन्दा बढि स्कुलहरुलाई पछि पार्दै मदरल्याण्ड उत्कृष्ट बन्न सफल भएकाे हाे ।
१८ वर्षमुनिका बिद्यार्थिहरुकाे लागि लक्षित गरि जलवायु परिवर्तन सम्वन्धि सचेतनामुलक कार्यक्रममा स्कुल उत्कृष्ठ भएकाे हाे ।
कार्यक्रम अन्तरगत विद्यार्थिहरुले पाँच मिनेटकाे बृतचित्र बनाई प्रतियाेगितामा सहभागी भएकाेमा मदरल्याण्डका विद्यार्थिहरुले बनाएकाे बृतचित्र उत्कृष्ठ भएकाे हाे ।
मदरल्यान्डका विद्यार्थिहरुले अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा नं ७ जगतका एक किसानकाे कथालाई समेटेर बृतचित्र बनाएका थिए ।
Facebook Comments Box
