चीनमा डाक्टर पढेका नेपालीकाे भविष्य धरापमा , इन्टर्नसीपको माग गर्दै माइतीघरमा प्रदर्शन

सेयर गर्नुहोस
फाइल तस्बिर

काठमाडौं । चीनमा चिकित्साशास्त्र अध्ययन गरेका विद्यार्थीहरुले इन्टर्नसीप गर्न पाउँ भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरुले अध्ययन गरेको लामो समय वितिसक्दा पनि इन्टर्नसीप गर्न नपाएको भन्दै मंगलबार राजधानीमा प्रदर्शन गरेका हुन् ।

नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियम स्पष्ट नहुँदा नेपालमा इन्टर्नसीप गर्न नपाएको उनीहरुको गुनासो छ। विदेशमा अध्ययन गरेर नेपालमा नै इन्टर्नसीप गर्नुपर्ने कुनै विशेष वा वाध्यात्मक परिस्थिति भएमा सो परिस्थितिको जानकारी दिँदै विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्वस्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसीप गर्न पाउने प्रावधान छ ।
सो नियमप्रति उनीहरुले आपत्ति जनाउँदै आएका छन् ।

Facebook Comments Box