प्रचण्ड र माधवलाई वाम एकता पचेन ,कलङ्क को टिका लगाए : नेता महेश बस्नेत जिल्ला अर्घाखाँची कमिटी एक कार्यक्रम मा
लक्ष्मण बि सि,
२९ भदौ अर्घाखाँची कपिलवस्तु टाईम्सआज अर्घाखाँची मा भएको जिल्ला कमिटी कार्यक्रम मा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले प्रचण्ड र माधवलाई वाम एकता नपचेको दाबी गरेका छन ।
नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीको अायोजनामा सन्धिखर्क बृहत कार्यकर्ता भेला लाई सम्बोधन गर्दै नेता महेश बस्नेतले ‘कुरलाई घिउ नपचे जस्तै प्रचण्ड र माधवलाई पनि वाम एकता नपचेको दाबी गरेका हुन ।
छदाछदै को दुइतिहाइको पार्टी फुटाएर कलङ्क को टिका लगाएको आरोप लगाए । नेपालमा प्रचण्डको च्याखे दाउ वाला राजनीति अब नचल्ने समेत टिप्पणी गरे । परमादेशको सरकार काम नगर्ने हल्लामात्रै गर्ने नेता बस्नेतले बताए ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले नेपाली कम्युनिस्ट आन्दोलनको मुलप्रवाह नेकपा एमाले भएको भन्दै उच्च मनोबलका साथ पार्टीका काममा जुट्न कार्यकर्तालाई अग्रह गरेका थिए । कार्यक्रममा १२ सय हाराहारी को उपस्थिति रहेको नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ ।
एमाले नेता नजिर मिया , नेता चन्द्रबहादुर खड्का ,नेता रामजी प्रसाद घिमिरे , सचिवालय सदस्य नरेन्द्र कुमार क्षेत्री , प्रदेश कमिटीका सदस्य कुटमदिन अलि, उपसचिव प्रेमनारायण गैरे, जनार्दन खनाल , लिला बराल लगाएत नेताको मन्तव्य तथा उपस्थिति रहेको थियो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता ,उपाध्यक्ष जिवनारायण कोईरालाको स्वागत मन्तव्य र सचिव तोजबहादुर रायमाझीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
