अर्घाखाँची केरुङगा का चोरी मुद्दामा फरार बस्नेत लाई २ बर्ष पछि पक्राउ
लक्ष्मण बि सि,
२८ भदौ अर्घाखाँची कपिलवस्तु टाईम्स अर्घाखाँची जिल्लाको छत्रदेव गाउँ पालिका वडा नम्बर – ४ केरुङ्गाका चोरी मुद्धामा फरार गोकुल बस्नेतलाई प्रहरीले २ वर्ष पछि पक्राउ गरेको छ ।
बस्नेतलाई चोरी मुद्धामा अर्घाखाँची जिल्ला अदालतले २०७६ साल कार्तिक ३ गते १५ दिनको कैद सजाय तोकेकोमा उनि सजाय भुक्तानी नगरी फरार रहेका थिए। निजलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले आज (सोमबार) विषेश गरि सुचनाको आधार उनकै घर बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको बताएको हो ।
पक्राउ गरिएका बस्नेतलाई अर्घाखाँची जिल्ला अदालतमा पेश गरेर कैद भुक्तानका लागि कारागार चलान गरीएको समेत प्रहरी स्रोतले जनाएको छ। अहिले उनी को कारागार राखि अनुसन्धान भैरहेको छ।
Facebook Comments Box
