ठुलापोखराको अर्टारी गाँउमा बाघको आतंक, स्थानीयबासीहरु त्रसित बनेका छन।
लक्ष्मण बि सि,
२८ अर्घाखाँची कपिलवस्तु टाईम्स
अर्घाखाँची जिल्लाको छत्रदेब गाँउपालिका वार्ड नं ७ ठुलापोखरास्थित अर्टारी गाँउमा पछिल्लो समय बाघको आतंक बढेको छ ।
सधैजसो बाघले घरमा पालेको जनवारहरुमा आक्रमण गर्दा स्थानीयबासीहरु गाउँमा बस्नपनि त्रसित भएका छन् ।
शुक्रबार दिउँसोपनि अर्टारीस्थित चन्द्रामणी पान्डेको गोठमा रहेको बेउनी गाई र बाछी खाएको पीडितले बताएका छन् । यसरी दिनमै गोठमा बाघले आक्रमण गरि गोठ नै रित्तो गराइदिदा गाँउलेहरु दिनमा मेलापात गर्नपनि त्रसित भएका छ्न । गाँउलेहरुका अनुसार बाघ दिनमा गाउँ नजिकैको झाडिमा बस्ने र दिन र रातको समयमा घरमा पालेका जनवारहरुलाई आक्रमण गर्ने गरेको पाइएको छ ।
त्यसैले बाघबाट मानवीय क्षेती नहोस भन्दै स्थानीयाले बाघ नियन्त्रणको लागि गाउँपालिकालाई अनुरोध गरेका छन् ।
Facebook Comments Box
