सन्धिखर्क नगरपालिका नरपानीमा अवैध रुपमा ढुङ्गा ओसारपोसार गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा लियो

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
२८ भदौ अर्घाखाँची कपिलवस्तु टाईम्स ,अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानीमा अवैध रुपमा ढुङ्गा ओसारपोसार गर्ने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नरपानीको वन क्षेत्रबाट आईतबार अवैध रुपमा ढुङ्गा ओसारपोसार गर्ने लु ३ त ६७८८ नं. को ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको ट्याक्टर र चालकलाई प्रहरीले आवश्यक कारबाहीको लागि सन्धिखर्क नगरपालिकाको कार्यालयमा पठाएको थियो ।

सन्धिखर्क नगरपालिकाले रु. १०,०००।-(रु.दश हजार) जरिवाना लिई छोडिदिएको छ ।

Facebook Comments Box