मन्दिर परिसरमा सार्बजनिक जग्गा ब्यक्ति ले कब्जा र विवाद
बिनोद मण्डल
लहान २६ भदौ । सिरहाको धनगढीमाई नगरपालिका ११ नैनपुरमा मन्दिर परिसरमा रहेको सार्वजनिक जग्गा व्यक्ति विशेषले कब्जा गरेपछि विवाद खडा भएको छ ।
धनगढीमाई ११ नैनपुरमा रहेको दुर्गा देवीको मन्दिर परिसरमा करिब १५ धुर जग्गा स्थानीय दिलिप मण्डलले कब्जा गरी नापी गराउँन जाँदा विवाद भएको हो । सो जग्गाको उत्तर रामकुमार दास तत्मा, दक्षिणमा बलराम साह पश्चिममा मूल सडक रहेको छ भने पूर्वमा मन्दिर रहेको खाली जग्गा दिलीप कुमार मण्डलले दावी गर्दै आएको हो ।
स्थानियको लागि मूल सडकदेखि मन्दिरसम्म जानको लागि १० फिट बाटो निकाल्न माग गर्दा मण्डलले आलटाल गर्दै आएको थियो । यता स्थानीयलाई खुला चुनौती दिँदै भदौ १९ गते सो जग्गामा मण्डलले घर टहरा निर्माण गरेपछि विवाद खडा भएको छ । स्थानियले निर्माण गर्न लागेको घर टहरा खाली गराई अतिक्रमणबाट मुक्त गरी मन्दिरको लागि एक जुट भएर बाटो निर्माण थालेका छन् ।
विक्रम सम्वत २०७१ साल वैशाख १ गते सोमबार साबिक गाउँविकास समिति सारस्वर ४ का सर्युग साहका नाति रामबहादुर साहको छोरा वर्ष ४१ को मानदेव साहले उक्त जग्गा मन्दिरलाई दानपत्र गरेको हो ।
त्यस्तै स्थानियले २०७७÷१२÷२५ मंगलबारको निर्णयबाट समेत जग्गा मन्दिरको हो भने ठोकुवा गरेको छ । अर्कोतिर वडा कार्यालयको पत्र संख्या २०७७÷०७८ च. नं . ५०० मिति २०७७÷६÷२८ ले नापी कार्यालय २ नम्बर टोली लहान, सिरहालाई गरेको सिफारिसमा स्थानियको सिफारिस बदर निवेदन मिति २०७८÷४÷३० मा वडा कार्यालयमा बुझाएको थियो । वडा कार्यालयले भुलबस सिफारिस गरिएको भनी बदर गरिदिन पत्र संख्या २०७८÷०७९ च . न . २९१ मिति २०७८÷५÷४ लेखेको पत्र र न्यायिक समितिको पत्र संख्या २०७७÷०७८ च . न . १४८ मिति २०७८÷३÷३० को रामसेवक मण्डलको नामको पत्रमा समेत जग्गा जोतकोर नगर्न सूचना जारी गरेको छ ।
वडाध्यक्ष गंगाराम यादवले जग्गा भुलबस सिफारिस भएको र मन्दिरकै भएको बताए । दिलीप कुमार मण्डलको दाजु रामसेवाक मण्डल लाटो भएकोले उनका भाइ दिलिपलाई तपाईंसँग भएको प्रमाण माग्दा सिफारिस गरिएको पत्र उपलब्ध गराएका छन् ।
मन्दिर जानको लागि १० फिट बाटो आफू दिन तयार रहेको बताउने मण्डलको जस्तापता, काठ लगायतका सामान स्थानियले फिर्ता गरेका छन् ।
