अर्घाखाँची को रतनमारेमा प्रहरीको आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
२७ भदौ अर्घाखाँची कपिलवस्तु टाईम्स अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं.६ हंसपुरको रतनमारेमा प्रहरीको आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

हंसपुरको रतनमारेमा शनिबार समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीको आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

सचेतनामूलक कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्र.नि गणेश खनाल, मालारानी गाउपाँलिका वार्ड नं. ६ का वार्ड अध्यक्ष नारायण प्रसाद अर्याल, आमासमुह, विभिन्न प्रतिनिधिमुलक संध संस्थाका प्रतिनिधि लगायत स्थानीयको उपस्थिती रहेको थियो ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न भएको थियो ।

Facebook Comments Box