तालिवानी लडाकुले सैनिकको टाउको काटे, त्यसपछि कपाल समातेर नाचे को भिडियो सार्वजनिक ।
लक्ष्मण बि सि
२७ भदौ अर्घाखाँचि : अफगानिस्तानका तालिवान लडाकुहरुले अफगान सैनिकको टाउको काटेर त्यसको कपाल समाउँदै नाचेको भिडियो सार्वजनिक भएको छ। उनीहरुले गाउँदै रमाइरहेको भिडिया एक निजी तालिवान च्याटरुममा पोस्ट गरिएको हो।
उक्त भिडियोमा शिरविहिन एक पूर्व सैनिक प्रमुखको शव वरपर तालिवान लडाकुहरुले खुसी मनाइरहेको देखिन्छ। भिडियोमा पाँच पुरुषले राइफल बोकेको, छैंठौंले एउटै हातले दुईवटा रक्ताम्य छुरा समाएको र सातौं व्यक्तिले फिल्म खिचिरहेको देखिन्छ।
वासिंगटन एक्जामिनरले प्राप्त गरेको यो ३६ सेकेन्डको भिडियो एक साता अघि पोस्ट गरिएको थियो। एजेन्सी
Facebook Comments Box
