देउवाले भने:‘तपाईंहरुले केही समय पर्खिदिनुस्, म mcc मिलाएर पास गर्छु’

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
२६ भदौ अर्घाखाँची
काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जसरी पनि पास गर्ने बताएका छन्। उनि
शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग छलफलका क्रममा देउवाले यस्तो बताएका हुन्।

नेपालका प्रतिपक्ष र अन्य सत्तारुढ दलका नेतासँगको छलफलपछि बालुवाटार पसेकी फातिमासँगको लामो छलफलका क्रममा देउवाले एमसीसीबारे नेपालका दलहरुले कति पनि कुरा नबुझेको बताएका थिए। उहाँ ले भनुभयको छ।

‘यहाँका दलहरुले एमसीसीबारेमा कति पनि कुरै बुझेनन्। यिनीहरु अबुझ हुँदा साह्रै गाह्रो भयो’, देउवाले भने, ’नेपालका अरु पार्टीले यो विषयमा बुझेकै छैनन्। त्यहीकारण मलाई गाह्रो भएको बताएका छ्न ।

देउवाले संवादका क्रममा करिब ६० अर्ब अनुदान प्राप्त हुने एमसीसी परियोजना संसदबाट अनुमोदनका लागि केही समय कुरिदिन उपाध्यक्ष सुमारसँग आग्रह गरेका थिए।

’तपाईंहरुले केही समय पर्खिदिनुस्, म मिलाएर पास गर्छु’, देउवाले भने, ’आई विल डु दिस्, म जसरी पनि पास गर्छु।’

Facebook Comments Box