नारदमुनी रानाले बुई चढेर रोष्टम कब्जा गर्न खोजेपछि भएको तहल्का
लक्ष्मण बि सि,
२५ भदौ अर्घाखाँची
अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका छन्। अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताए।
सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को नाराबाजी र रोस्ट्रम घेराउका बीच विधेयक प्रस्तुत गरिएको हो। संसदमा एमाले सांसदको नाराबाजी चलिरहेको थियो भने अर्थमन्त्री शर्माले विधेयक प्रस्तुत गरेका थिए।
आफ्नो सरकाले ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत परिवर्तन गरेर बाचन गरेका अर्थमन्त्री जनार्दन शर्मालाई रोक्न एमालेका सांसदले अनौठो तरिका अपनाएका थिए। एमालेका सांसदहरू मर्यादापालकसँग ठेलमठेल गर्दै रोष्टमतर्फ अघि बढ्न खोजेका थिए।
