पुर्णरुपमा कृष्णनगर नाका नखुल्दा व्यापारीहरु मर्कामा

कृष्णनगर , भदाैं २४ । मुख्य व्यापारिक नाका पुर्णरुपमा नखुल्दा कृष्णनगर बजारका व्यापारीहरु मर्कामा परेका छन ।
काेराेना संक्रमणका कारण विगतका दुई बर्षदेखिकाे लकडाउन र अर्थिक अवस्था विगार्दै लगेका व्यापरीहरुलाई कृष्णनगर नाका पुर्णरुपमा नखुलेकाले झन पिराेल्दै गएकाे छ । सा-साना निजि भारतीय गाडीहरु बजार प्रवेश गर्दा व्यवसायमा पनि सकारात्मक असर गर्थ्याे तर दुई बर्षदेखि नाका बन्द रहेकाले आफ्नाे निजि गाडीमा कृष्णनगर बजारमा किनमेल गर्न आउनेकाे संख्या घटेकाे छ । फलस्वरूप व्यवसायीहरुले काेठा भाडासमेेत तिर्न नसक्ने आवस्थामा पुगेका छन ।
पटक पटक विभिन्न मन्त्रालयमार्फत प्रयास गरेपनि सुनवाई नभएकाले फेरि कांग्रेस नेतृत्वकाे सरकारसंग पनि कृष्णनगर उद्योग बाणिज्य संघले अनुराेध पत्र पठाएकाे छ । दसैं तिहारसम्म बार्डर नखुले झन आर्थिक समस्या आउने व्यापारीहरुकाे भनाई छ ।
