राजा कै पालाकाे इप्रका भवन जर्जर अवस्थामा , लाेकतान्त्रिक गणतन्त्र आएपनि मर्मत हुन सकेन

सेयर गर्नुहोस

गृहमन्त्रालयमा पहल गरि छिट्टै निर्माण गराउने सांसद शाहकाे भनाई                                                                 कपिलवस्तु, भदाैं २४ । राजा कै पालामा कपिलवस्तु जिल्लाका अड्डा अदालतका सुरक्षा निम्ति बनाइएकाे बहादुरगंज प्रहरी कार्यालय जीर्ण अवस्थामा पुगेकाे छ ।
कुनैबेला स्युराज खजहनी काे नामले प्रसिद्ध बहादुरगंज जिल्लाकाे सदरमुकामका कार्यालय र अड्डा अदालतहरु समेत रहेकाले सुरक्षाका लागि स्थानीयहरुकाे सहयाेगमा प्रहरी चाैकी स्थापना गरिएकाे थियाे र बिस्तारै अदालतकाे इजलास भवन मै चाैकी सारिएकाे थियाे । बि.स. २०४६ सालमा नेपालको जनआन्दोलनले नेपालमा बहुदलीय व्यवस्थाको लागि भएको शान्तिपूर्ण आन्दोलनले नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको सुरुवात गरेको व्यवस्थादेखि प्रजातन्त्र हुँदै माओवादी द्वन्द्व सकिएपछि आएकाे लाेकतान्त्रिक गणतन्त्रकाे साक्षीकाे रुपमा रहेकाे इलाका प्रहरी कार्यालय बहादुरगंजकाे नाममा जिल्लाकाे पश्चिममा प्रहरी कार्यालय स्थापना गरिएकाे थियाे ।
भारतकाे सिमा नजिकै काे प्रहरी मध्ये एक यस कार्यालयकाे भवन जीर्ण अवस्थामा रहेकाे छ। हाल कार्यालय प्रमुख बस्ने काेठाकाे छत चुहिने हुनाले कुनैबेला पनि दुर्घटना निम्त्याउन सक्ने समभावना छ । केही दिन पहिला निरन्तर बर्षाले जीर्ण भवनकाे भर्याङ्ग ढलेकाे थियाे । राज्यबाट आउने सेवासुविधा नपुग्नु र विभागकै माथिल्लो निकायले चासाे नलिएकाले स्थानीय जनप्रतिनिधिहरु पनि त्यसतर्फ ध्यान नदिएकाे बुझाई छ । प्रयाप्त जग्गा भएपनि आवश्यक संरचनाकाे अभावमा दिन सक्ने सेवाहरु प्रवाह गर्न नसकिएकाे अवस्था छ । जिल्लाका अन्य सा-साना चाैकीहरुले भवन पाइसकेकाे अवस्थामा सबभन्दा पुरानाे प्रहरी कार्यालय बहादुरगंजकाे पुर्वाधार निर्माणतर्फ सम्बन्धित निकायले ध्यान नदिएकाले जवानहरु समेत ड्युटी खट्न समस्या हुँदै आएकाे छ । सुत्ने काेठादेखि लिएर भान्सासम्मकाे उचित व्यवस्थापनै नभई कसरी ड्युटी खट्ने ? एक जना प्रहरी जवान बताउँछन् । हामी बर्षामा टपरी ओढेझैं राति ड्युटी सकाएपछि पनि सुत्न नसकेकाे पीडा बताउदै उनी भन्छन – ड्युटीपछि त रेस्ट गर्ने हाे तर जर्जर भवन कुन बेला भत्किन्छ, डरले सुत्नसमेत अप्ठ्यारो भएकाे छ ।

नेपाली कांग्रेसका नेता एवं कपिलवस्तु क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाहले मेराे पार्टी सरकारमा रहेकाले गृहमन्त्रालय मार्फत जिल्लाकै पुरानाे र ऐतिहासिक प्रहरी कार्यालय बहादुरगंजका लागि आवश्यक बजेट छुट्टाउन पहल गर्दै छु छिट्टै नै उपलब्ध हुने बताउनुभयाे ।
बहुदलिय राज्य व्यवस्था देखि राजतन्त्र , प्रजातन्त्र हुँदै लाेकतान्त्रिक गणतन्त्र सम्म पुगेपनि ऐतिहासिक कालखण्ड मै स्थापित इलाका प्रहरी कार्यालय बहादुरगंजकाे मुहार सरकारले फेर्न नसकेकाे स्थानीयहरुकाे गुनासाे छ।

Facebook Comments Box