अर्घाखाँची जिल्ला का नायक शितल केसी काठमाडौ एक कार्यक्रम मा सम्मानित हुनु भएको छ।

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
२३ भदौ अर्घाखाँची
अर्घाखाँची जिल्ला का कला क्षेत्रमा योगदान दिएको भन्दै अभिनेता शितल केसीलाई सम्मान गरिएको छ । एक्टिभ इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित कार्यक्रममा उनलाई ‘राष्ट्रिय कलाकार तथा सर्जक सम्मान २०७८’ बाट सम्मानित गरिएको हो । केसीले सो कार्यक्रममा आफूसँगै विभिन्न क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिलाई समेत सम्मान गरिएको बताए । पूर्वसहरी विकास राज्यमन्त्री माहाविर मानन्धरले उनीहरुलाई सम्मान गरेका थिए । केसीका अनुसार नेपाली चलचित्रकर्मी, गीत–संगीत तथा सर्जकलाई पनि सम्मान गरिएको थियो ।

करिव दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका अभिनेता केसीले उक्त सम्मानबाट कलाकारितासँगै सामाजिक कार्यमा पनि अघि बढ्न आफूलाई थप जिम्मेवार बनाएको सुनाए । पूर्वराज्यमन्त्री मानन्धरले लामो समयदेखि कलाकारिता गर्दै आएका कलाकारले सामाजिक कार्यजस्तो अभियानमा आफूलाई जोड्नु सराहनीय कार्य भएको बताए ।

उनले भने, ‘विगत डेढ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर अभिनय गर्नुभएको अभिनेता शितल केसीले चलचित्र क्षेत्रमा अतुलीयन योगदान दिनुभएको र सामाजिक कार्यमा पनि खट्नुभएकोमा उच्च मूल्यांकन छ ।’ कार्यक्रममा केसीसँगै गायक शिव परियार, रुपक डोटेल, राज क्षितिज, गायिका वर्षा दास, निर्देशक देवेन्द्र पाण्डे, मोडल दिप केसी लगायतका व्यक्तित्वलाई सम्मान गरियो ।स्रोत- सौर्य अनलाइन

Facebook Comments Box