फेरि डरलाग्दो पहिरो पर्वतमा एकै परिवारका ५ सहित १० जनाको मृत्यु
लक्ष्मण बि सि,
१८ भदौ अर्घाखाँची
शुक्रबार, भाद्र १८ २०७८
पहिरोमा एक वृद्धा बेपत्ता छिन् ।
पर्वतमा एकै परिवारका ५ सहित १० जनाको मृत्यु
ढोरपाटन संवाददाता भाद्र १८ २०७८, शुक्रबार
477
Shares
facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonsharethis sharing button
पर्वतकाे कुस्मा नगरपालिका-३ दुर्लुग घाेगेनीमा बिहीबार राति खसेको पहिराेले पुरिएकाे घर । तस्बिर : कमल रेग्मी
पोखरा / पर्वतमा एकै परिवारका ५ सहित १० जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पर्वतको विभिन्न स्थानमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिरोमा एक वृद्धा बेपत्ता भएकी छिन् ।
मृत्यु हुनेमा एकै परिवारका ५ जना छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृत्यु भएको हो ।
उनकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी बिमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको प्रदेश प्रहरीका डीएसपी मिनबहादुर घलेले बताए ।
यसैगरी, कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको पनि मृत्यु भएको छ ।
त्यस्तै, कुश्मा–११ पकुवा ताल्चेमा शुक्रबार बिहान ९ बजेतिर आएको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुशको मृत्यु भएको घलेले बताए । उनका अनुसार मायाकुमारीकी सासू ७० वर्षकी डल्ली पाध्या पौडेल पहिरोमा बेपत्ता भएकी छन् ।
साथै पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ । बिहीबारदेखि नै विद्युत् सेवा अवरुद्ध भएपछि पर्वतमा सञ्चार सम्पर्क विच्छेद छ ।
