रोैतहट माधवनारायण नगरपालिका ३ कि १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एक युवक पक्राउ

सेयर गर्नुहोस
    लक्ष्मण बि सि
    १७ भदौ अर्घाखाँची : १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
    रौतहटको माधवनारायण नगरपालिका–३ का अन्दाजी २५ वर्षीय किशन सहनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अन्य दुई जना भने फरार रहेका र उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए।

    उनीहरुले किशोरीमाथि मंगलबार घाँस काट्न गएका बेला डर त्रास देखाई मुख थुनेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    Facebook Comments Box