अर्घाखाँचीको पाणिनि गाउपालिका वडा ७ मा पहिरो जादा : एक बालिकाको मृ’त्यु, तीन घाईते

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
१६ भदौ अर्घाखाँची
अर्घाखाँचीमा पहिरोले घर पुरिदा एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

पाणिनी गाउँपालिका वडा नम्बर ७ अडगुरीमा पहिरोमा पुरिएर जीवलाल सुनारकी ९ वर्षकी छोरी झरनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

निरन्तरको वर्षापछि गएराति खसेको पहिरोले सुनारको घर पुरेको हो । पहिरोमा परेर जीवलालका छोरा र दुई जना छिमेकी घाइते भएका छन् ।

Facebook Comments Box