टोपबहादुर रायमाझी भन्छन परमादेश सरकार को जनताप्रति जिम्मेवार भएन
लक्ष्मण बि सि,
१२ भदौ अर्घाखाँची
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री टाेपबहादुर रायमाझीले परमादेश सरकार जनता प्रति जिम्मेवार नभएको दाबी गरेका छन ।
सन्धिखर्क अगुवा कार्यकता संगको छलफलमा सम्बोधन गर्दै नेता रायमाझीले परमादेश सरकार जनता प्रति जिम्मेवार नभएको भन्दै न्यायलय दलिय व्यवस्थानै धराप परेको बताएका हुन ।
महाकाली तर्ने क्रममा तुइनबाट नेपाली युवा जयसिंह धामी बेपत्ता भएको घटना अनुसन्धान गर्नुको सट्टा परमादेश सरकार कानमा तेल राखे बसेको आरोप लगाए ।
प्रचण्ड – माधवले आत्म-विश्वास गुमाए सकेको राजनीतिक अस्थिरता उत्पन्न गरेको हुनाले प्रतिगामी कदम बिरुद्ध शसक्त भएर लाग्नुपर्ने बताए । जनता प्रतिको जिम्मेवारी हाम्रो कादमा भएकोले आगामी निर्वाचनमा एमाले अहिलेको भन्दा चम्किलो बलियो र पहिलो पार्टी हुने समेत दाबी गरे ।
ओली सत्तामा आउँदा नेपालको बिद्युत उत्पादन ७५० मेगावाट थियो। ओली ३ बर्ष सत्तामा बस्दा ७५० मेगावाट बाट १९०० मेगावाट पुग्यो । ओली सत्तामा आउँदा नेपालको विद्युत उत्पादन ७५० मेगावाट थियो । ओली ३ बर्ष सत्तामा बस्दा ७५० मेगावाट बाट १९०० मेगावाट पुग्यो । नेता रायमाझीले तर्क होइन तथ्य हेर्नू र बुझ्नु पर्ने बताए ।
