कमजोरी लुकाउन भुगर्भ सिमेन्टले विभागमा पठायाे झुठाे रिपोर्ट

सेयर गर्नुहोस


कपिलवस्तु ,भाद्र १२ । कपिलवस्तुको शिवराज नगरपालिका पैकीवण्डास्थित भूगर्भ सिमेन्ट प्रालिका पीपीसी सिमेन्टका तीन वटै ब्राण्डको बिक्री वितरण गुणस्तर तथा नापतौल विभागले रोक लगाएपछि गलत स्पष्टीकरण पठाएकाे रमाकान्त चाैधरीले बतनएकन छन ।

जिल्लाको कृष्णनगर नगरपालिकाका उपभोक्ता रमाकान्त चौधरीले उद्योगद्वारा उत्पादित देउराली ब्राण्डको सिमेन्टले छत ढलान गर्दा चर्किएर क्षति भएपछि गुणस्तरहीन भएको नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौमा उजुरी गरेपछि सिमेन्टको नमूना परीक्षण गरिएको थियो ।
गुणस्तर परीक्षणमा असफल भएपछि विभागले भूगर्भ सिमेन्ट प्रालिका अपोलो, क्रयाष्टल र देउराली ब्राण्डकाे विक्री वितरणमा रोक लगाएकाे थियाे । विभागको प्रयोगशालामा परीक्षण गर्दा भारवहन क्षमता नेपाल गुणस्तर अनुसार नभएको पाइएको थियाे । सिमेन्टको कम्प्रेसिभ स्ट्रेन्थ परीक्षण गर्दा तीन दिनको नतिजा १६ एमपीए आउनु पर्नेमा ९ मात्रै आएको थियो ।
सात दिनको भारवहन क्षमता २२ एमपीए आउनु पर्नेमा १५ मात्रै आएकाेले विभागका निरीक्षण तथा बजार अनुगमन शाखा निर्देशक सञ्जिवकुमार ठाकुरले कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधेका थिए । तर कम्पनीले उपभोक्ता चाैधरीकाे निवेदन झुठाे हाे र आर्थिक लेनदेनकाे कुनियतले कम्पनीलाई बदनाम गर्न खाेजेका हुन भनी विभागमा स्पष्टीकरण पठाएकाे छ । जबकी नेपाल गुणस्तर तथा नापतौल विभागले टाेली खटाएर घटना स्थलबाटै नमुना संकलन गरेकाे प्रमाण कपिलवस्तु टाइम्स डट कममा सुरक्षित छ । नमुना रिपोर्टमा पनि सिमेन्ट कम्पनी कै लापरबाही देखिएकाे स्पष्ट छ तर कम्पनीले आफू चाेखाे हुनका लागि   संचारमाध्यममा मलाई बदनाम गरेकाे चाैधरीकाे भनाई छ ।

उपभोक्ता चौधरीले कृष्णनगर बजारमा जेठ २४ गते सिमेन्ट कम्पनीबाट लाेड गरिएकाे सिमेन्ट साेझै डिलरकाे गाेदाममा नगई मेराे घरमा पुगेकाे र सुरक्षितसाथ राखिएकाे सिमेन्ट साेहिदिन जेठ २४ पहिलो तला घरको छत ढलान गरेकाे प्रमाणसहित बताएका छन । जेठ २३ गते उत्पादन मिति रहेको देउराली सिमेन्ट प्रयोग गर्दा अर्कोदिन छत चर्किएको थियो ।ठाउँठाउँमा प्वाल परेको थियो । ६/७ ठाउँमा स–साना खाल्टो बनेको थियो । दुई हजार ७ सय स्क्वायर फुट छत ढलान गर्दा १० लाख बढी क्षति भएको छ । करिब एक लाखको एक सय ८० बोरा देउराली सिमेन्ट खरिद गरिएको थियो ।

Facebook Comments Box