वाइल्ड राइस (तिन्नी))काे महत्व बढाउने पर्व तीन-छठ्ठी, तराईमा हर्सोल्लासका साथ आमाले छाेराकाे दीर्घायुका लागि व्रत बसि मनाइदै

डि.एन. ठाकुर,कपिलवस्तु ।
भाद्र १२ ।
कपिलवस्तुमा आ-फ्ना छाेराकाे दीर्घायुका लागि आमाले व्रत बस्ने तीन-छठ्ठि पर्व हर्षाेउल्लासका मनाइदै छ ।
पश्चिम तराई काे मधेशी समुदाय का आमाहरु ले आफ्नो छोराकाे सु-स्वस्थ, दीर्घायुका लागी आज एक दिने बिशेष पुजा-पाठ र व्रत बस्ने तीन-छठ्ठी पर्व मनाइदै आएकी छिन । हिन्दु संस्कृतिमा आमा हरुले परापुर्ब काल देखी परम्परागत रुपमा मनाऊदै आईरहेकी छिन। स्थानीय ब्रह्मण अजयमणि त्रिपाठी अनुसार यो पर्व प्रत्येक बर्ष को भाद्र कृष्णपक्ष ललही छठ को तिथी मा मनाइने गरिन्छ ।
यस पर्वमा घासे कुश,महुवा र तिन्नी नाम गरेको चामल को पुजा पाठ गरी आफ्ना छोराहरु लाई टिका टाला गर्नेगरिन्छ। ब्रत बस्ने आमाहरु बिहान देखी गौधुली साझ सम्म निराजल(पानी नखाई) रही साझ हुनु भन्दा अगावै तिन्नी चामल को भात पकाई साग र दही संग खाने गर्छिन।
तीन छठ्ठी का ब्रत वस्ने ब्रतालुहरु जोताइ गरिएको खेतमा न जाने र जोते का खेत बाट उत्पन्न भएका कुनै पनि फल र अन्न खान न हुने जनविश्वास रहेको छ ।
धेरै जसो घरका आईमाईहरु घर भन्दा बहिर कहिले न जोते को खेतमा गई कुशे घास को पुजा गरी त्यही एक जुट भई केही समय सम्म बसी सबैले पालै पालो आमा र छोरा को कथा-कहानी सुन्ने सुनाउने गर्दछिन,भने कतिपय महिला हरु आफ्नै घरमा कुश र महुवा ल्याई घरै बसी पुजा पाठ गरेको पाइन्छ।
यसैपर्वमा वाइल्ड राइस अर्थात तिन्नी चामलकाे महत्व रहेकाे छ । कहिले जाेताई नगरिएकाे ठाउँ तलाउ-पाेखरीमा आफै उम्रिने तिन्नी धानकाे चामललाई फलाहारकाे रुपमा व्रत बसेकी महिलाहरुले प्रयाेग गर्ने गरेकी छन ।
