तनहुँ को म्याग्दे गाउँपालिकाकी अध्यक्षले रक क्लाइम्बिङ गरेपछि…

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
११ भदौ अर्घाखाँची
तनहुँको म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले विमलनगरमा रक क्लाइम्बिङ गरेकी, छिन्। पृथ्वीराजमार्गसँगै रहेको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रानाले बिहीबार रक क्लाइम्बिङ गरेकी हुन्।

म्याग्दे–६ शेरामा रहेको चट्टानमा गाउँपालिकाले रक क्लाइम्बिङको योजना बनाएकाले त्यसैका बारेमा छलफल गर्न विमलनगर पुगेका बेला रानाले रक क्लाइम्बिङ गरेकी हुन्। “विमलगनरको रक क्लाइम्बिङ यस क्षेत्रकै चर्चित ठाउँ रहेको र कसरी रक क्लाइम्बिङ गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न आएका हौँ”, उनले भनिन्।

विमलनगर रक क्लाइम्बिङका संस्थापक अध्यक्ष लालकाजी श्रेष्ठले शेराटारमा रक क्लाइम्बिङको सम्भावना रहेको बारेमा आफूलाई जानकारी गराएको भन्दै रानाले भनिन्, “पहिला एकचोटी विमलनगरमा हेर्न आउँछु है भनेकी थिएँ।” साहसिक खेलका रूपमा रहेको रक क्लाइम्बिङ शेराटारमा पनि सञ्चालन गर्न सकिए यो आयआर्जनको स्रोत बन्ने रानाले बताइन्।

Facebook Comments Box