पत्रकार सम्मेलन मार्फत निजि बिधालय खोल्न जानकारी सार्बजनिक
सिराहा विनोद मण्डल भदौ १० । लहानको उद्योग बाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत निजी विद्यालय भदौ १० गते देखि खोल्ने अंतिम तयारीमा संस्थागत विद्यालय हरु रहेको सार्वजनिक गरिएको हो ।
आयोजित सम्मेलनमा प्याब्सन एनप्याब्सनका पदाधिकारीहरुको संयुक्त बैठकले गत वर्ष देखि हालसम्म सिरहामा covid को संक्रमण दर न्यून रहेको र सरकारी कार्यालयहरु , हाटबजार ,यातायात पूर्ववत अवस्थामा सञ्चालित भएको वर्तमान घडीमा स्वास्थ्य मापदण्ड अनुसार विद्यालय सञ्चालन गर्न लागिएको कुरा सिराहा जिल्ला स्थित संस्थागत विद्यालयहरुको तर्फबाट जारी सँयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । पत्रकार सम्मेलनमा वरिष्ट सल्लाहकार पाण्डव हमालले स्वस्थ्य मापदण्ड अनुसार विद्यालय सञ्चालन गर्ने र संभावित संक्रमण दर बढेको अवस्थामा आफू पनि समाजको सदस्य भएको नाताले उक्त अवस्थाप्रति गम्भीर रहने बताउनु भएको छ । पत्रकार सम्मेलनमा विद्यालय खोल्नु पर्ने बिषयमा व्यापक छलफल तथा बहस गरिएको थियो ।
कार्यक्रममा जिल्लाका पत्रकारहरु लगायत संस्थागत विद्यालयका जिल्ला स्थरका र प्रदेश स्तरका पदाधिकारीहरुको संयुक्त सम्मेलनको सञ्चालन उमेश यादवले गर्नुभएको थियो ।
