बुद्धभूमिमा नेपाल विश्व हिन्दु महासंघको नगर भेला सम्पन्न, अध्यक्षमा लामिछाने।
कपिलवस्तु
नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति अन्तर्गत बुद्धभूमिमा नगर भेला सम्पन्न भएको छ । भेलाले नवराज लामिछाने (भुपाल) काे नेतृत्वमा बुद्धभूमि नगर समिति गठन गरेकाे छ ।
जसकाे उपाध्यक्षमा रामअधिन यादव, महिला उपाध्यक्षमा आशा आचार्य, सचिवमा सिताराम चौधरी कोषाध्यक्षमा पदमराज बेल्बासे सह-कोषाध्यक्षमा कोपिला थारू (क्षेत्री) सह-सचिवमा मनिराम अहिर, प्रचारप्रसार प्रमुखमा शैलेन्द्र यादव, सल्लाहकारमा चुमा खनाल र प्रमात्मा प्रसाद पाण्डे चयन भएका छन् । त्यस्तै सदस्यमा श्याम जि मिश्र, राम सेवक चौधरी, नेत्र प्रसाद सुवेदी, प्रमात्मा प्रसाद केवट, सुर्यनाथ चौधरी, राजाराम पासी, गाेविन्द यादव रहेका छन् ।
दिनदयाल पाण्डेकाे अध्यक्षतामा रहेकाे कार्यक्रममा नेपाल विश्व हिन्दु महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव निरञ्जन यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । भेलामा देशको समसामयिक धार्मिक, सामाजिक अवस्था र नेपाल विश्व हिन्दु महासंघले खेल्नुपर्ने भूमिकाकाे विषयमा चर्चा भएको थियो ।
प्रमुख अतिथि एवं नेपाल विश्व हिन्दु महासंघ लुम्बिनी प्रदेशका महासचिव निरञ्जन यादवले महासंघको स्थापनादेखिको ऐतिहासिक विषयमा चर्चा गर्नुहुँदै महासंघका अागामी याेजना, लक्ष्य तथा एजेण्डाहरूकाे विषयमा बाेल्नु भएकाे थियाे । त्यस्तै नयाँ पुस्ताका बालबालिका घर परिवारबाटै परम्परा र संस्कृतिका विषयमा अभिभावकले वेवास्ता गरेकाे भन्दै समाज नकारात्मक चिन्तनतर्फ अघि बढ्दै गएकोले नेपाल विश्व हिन्दु महासंघको काँधमा ठूलो जिम्मेवारी रहेको बताउनुभयो । २८ वर्षकाे सानै उमेरमै आफूले सनातन हिन्दु धर्मकाे जागरणको क्षेत्रमा भूमिका खेल्दै आएको समेत उल्लेख गर्नुभयाे ।
सरकारले कोभिडको नाममा संस्कारमाथि लगाउदै अाएकाे प्रतिबन्ध लगाइ हिन्दु संस्कृति विनाश गर्न लागेकाेमाअापत्ती जनाउनु भयाे । यादवले कोभिड महामारीमा सरकारले सार्वजनिक कार्यक्रम नगर्न निर्देशन जारी गरे पनि हामीले समयको माग र भगवानको निर्देशन पालना गर्दै कार्यक्रम आयोजना गर्नु परेको समेत बताउनुभयो । साथै उहाँले नेपाल विश्व हिन्दु महासंघको स्थानिय स्तरबाटै संगठन निर्माणमा सक्रिय रहनुपर्ने बताउनुभयो ।
त्यस्तै बन्दसत्र पछि नगर समितिमा नवनियुक्त नगर स्तरीय कार्यसमिति तथा सदस्यहरुलाइ शपथ खुवाउँदै सबै मिलेर महासंघको उद्देश्य हासिल गर्न अघि बढ्नुपर्ने बताउनुभयो । सदस्यहरुले आलस्य र अहंकार त्याग गरेर संगठन निर्माण र कार्यक्रम आयोजनाको गतिलाई संगसंगै अघि लैजानुपर्नेमा जाेड दिनुभयाे ।
नेपाल विश्व हिन्दु महासंघकाे बुद्धभूमि नगर समितिमा नवनियुक्त नगर अध्यक्ष नवराज लामिछाने (भुपाल) लगाएका कार्यसमितिले नेपाल विश्व हिन्दु महासंघको उद्देश्य अनुसार काम गर्ने प्रतिवद्धता जनाउँदै नगरमा सबैलाई समेटेर धर्मका लागि अगाडि बढ्ने बताएका छन ।
कार्यक्रममा कपिलदेव तिवारी, नवराज लामिछाने, जलेश्वर थारू, धनिराम यादव, मुन्ने यादव लगायतका बाेल्ने वक्ताहरूले सनातन हिन्दु धर्मकाे संरक्षणका लागि अगाडि बढ्न अावश्यक रहेकाे कुरामा जाेड दिएका थिए ।
कार्यक्रमकाे अतिथिमा नेपाल विश्व हिन्दु महासंघ कपिलवस्तुका जिल्ला प्रवक्ता लोकराज मिश्र, वडा अध्यक्ष कपिलदेव तिवारी, टोमनाथ चौधरी, सुकई यादव, चन्द्रभान थारू, रामेश्वर यादव लगाएतको उपस्थिति रहेको थियो । चुमा खनालकाे स्वागत मन्तव्य रहेको कार्यक्रममा समाजसेवी राेमलाल खनालले धारा प्रवाह रूपमा संचालन गर्नु भएकाे थियाे ।
