यसरी फसायका रहेछ्न निर्दोष पत्रकार लाई लागूऔषध राखेर फसाइएका पत्रकारको बयान : मैले एउटा बोलें, प्रहरीले अर्कै टाइप गर्‍यो

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
९ भदौ अर्घाखाँची
घर इच्छानाथ नगरपालिकामा पर्छ, सदरमुकाम गौरमा बसेर पत्रकारिता गर्छु । घटना हुनु एक दिनअघि मात्रै आमाबुवालाई भेटेर फर्किएको थिएँ ।
‘रौतहट एक्सप्रेस’को कार्यालयमा बसिरहेका बेला ग्रीन सिग्नल होटलका सञ्चालकले फोन गरे । ‘होटल खोलेको दुई–तीन महीना भइसक्यो, प्रचार भएको छैन, विज्ञापन गरिदिनुपर्‍यो, आउनु न’ फोनमा मलाई भनियो ।

मैले आधा घन्टापछि आउँछु भनें । गुलाब भन्ने भाइलाई लिएर बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलमा होटल गएँ । होटलको तल औषधि पसल छ, त्यहाँ मोटरसाइकल पार्क गर्‍यौं र होटलमा गएर फोटो भिडियो खिचें । विज्ञापन छाप्ने पनि कुरा भएपछि मैले निस्किन खोजें । तर, साहुले ‘दाइ, कहिल्यै आउनुहुन्न । खाजा खाएन जानु न’ भने ।

अफिसमा अरू काम भएकाले मैले इन्कार गर्न खोजें । तर उनैले जबरजस्ती गरेर बसाए । आफैं पकाएर ल्याउँछु भनेर भान्सामा छिरेपछि बस्यौं । खाजा खाँदा झण्डै एक घन्टा बित्यो ।

भाइलाई साँचो दिएँ, म पछाडि बसें । १० मिटर जति अगाडि बढेपछि ६ जनाले मोटरसाइकल रोके । शुरूमा नचिने पनि केहीबेरमा सादा पोशाकका प्रहरी रहेछन् भन्ने थाहा भयो ।

काममा गएर फर्किएको एउटा पत्रकारलाई एकैछिनमा प्रहरीले ठूलो अपराधी जसरी व्यवहार गर्‍यो । मोटरसाइकल रोकेर छामछाम–छुमछुम गर्न थाल्यो । कुनै हत्या आरोपीलाई जस्तो व्यवहार गर्न थालेपछि अचम्मित भएँ । प्रहरीले मोटरसाइकलको सिट खोल्न खोज्यो– मैले यहाँ होइन, मिस्त्री कहाँ जाउँ भनें ।

मोटरसाइकलको सिट फुटाउन खोजेकाले मैले नजिकै रहेको साइकल बनाउने ठाउँमा जान भनेको थिएँ । त्यहाँ गएर सिट खोल्दा केही भेटिएन । त्यसपछि फिल्टरको नट पनि खोल्न खोज्दै थिए । तर एउटा प्रहरी ‘मलाई थाहा छ, कहाँ राखेको छ’ भन्दै अगाडि बढे ।
फुटाउन खोजेकाले मैले नजिकै रहेको साइकल बनाउने ठाउँमा जान भनेको थिएँ । त्यहाँ गएर सिट खोल्दा केही भेटिएन । त्यसपछि फिल्टरको नट पनि खोल्न खोज्दै थिए । तर एउटा प्रहरी ‘मलाई थाहा छ, कहाँ राखेको छ’ भन्दै अगाडि बढे ।

एकैछिनमा लेगार्डमुनि बाँधेको जस्तो अवस्थामा ७ वटा ट्याब्लेट निकाले । म तीनछक्क परें । समाचार लेखेको र पत्रकार सम्मेलनमा देखेको कुरा मेरो मोटरसाइकलमा कसरी आयो ? मैले केही सोच्नै सकिरहेको थिइनँ ।

मलाई त्यहाँबाट प्रहरीले मोटरसाइकलमै राखेर जिल्ला प्रहरी कार्यालय, रौतहटमा ल्यायो । केहीबेर कन्ट्रोल रूममा राख्यो, त्यसपछि जिल्लाका डीएसपी नारायणप्रसाद चिमरिया आए । उनले अपशब्द बोल्दै ‘लागूऔषधको काम गर्छस्’ भन्दै गाली गर्न थाले । ‘दुई/तीन वर्षदेखि काम गरिरहेको थिस्, कसैले समातेन । हेर अब म तँलाई १० वर्षसम्म जेल हाल्छु’ भन्दै सुन्नै नसकिने शब्दहरू प्रयोग गरे ।

मलाई हरेक घटना अनौठो लागिरहेको थियो । मैले डीएसपी चिमरियालाई ‘सर, म त्यस्तो काम गर्दिनँ । म पत्रकार मान्छे, समाजमा जनचेतना फैलाउने काम गर्छु’ भनें । तर उनले उल्टै गाली गरे ।

मैले धेरै आग्रह, अनुनय–विनय गर्दा पनि चिमरिया रोकिएनन् । गाली गरिरहे । म प्रहरी कार्यालयमा पुग्नुअघि नै कागजहरू तयार गरिएको रहेछ । मलाई १० मिनेटमै मेडिकल जाँचका लागि लगिएको थियो । त्यसपछि क्वारेन्टिनमा राखियो ।

सामान्यतया प्रहरीले २४ घन्टा पुग्न लागेपछि अदालतमा लैजान्छ, म्याद थपका लागि । तर मेरो हकमा प्रहरीले यति हतार गर्‍यो कि १० बजे खुल्ने अदालतमा ९ बजे नै पुर्‍यायो । साढे ८ मै सरकारी वकिलको कार्यालयमा लगिसकेको थियो ।

अदालतमा लगेर आधा घन्टा गाडीमा राखेको थियो । मलाई ठूलो अपराधी सरह गरेर राख्यो । अदालतले ८ दिनको म्याद थप्यो र प्रहरीले क्वारेन्टिनमा ल्यायो । भोलिपल्ट अस्पतालमा लगेर पीसीआर जाँच गर्दा नेगेटिभ आएपछि प्रहरी हिरासतमा राख्यो ।

भदौ २ गतेबाट म जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएँ । हिरासतमा विभिन्न मुद्दाका आरोपीहरू थिए, मलाई त्यहाँ बस्दा एकदमै अमिलो महसुस भयो । हिरासतमा बस्दा मलाई राति १०/११ बजेतिर निकालेर मुद्दा फाँटमा लगिन्थ्यो । सोधपुछ गरिन्थ्यो, म एउटा कुरा गरिरहेको हुन्थें, अर्कै कागज बनिरहेको थियो ।

मैले होटलवालाले बोलाएको भनिरहेको थिएँ । प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट तस्करी गरेको हो भनेर टाइप गरिरहेको थियो । मैले यो कागजमा लेखेको कुरा केही मान्दिनँ भनिरहेको थिएँ तर प्रहरी रोकिएन । फेरि सरकारी वकिलको कार्यालयमा बयान दिन जाँदा मैले प्रहरीले जबरजस्ती कागज गराएको बताएँ । त्यसपछि सरकारी वकिलले नै फेरि बयान गराउन भनेको थियो ।

हिरासतमा बसुञ्जेल हरेक दिन आफैंलाई कस्तो पेशा रोजेछु जस्तो लाग्थ्यो । गल्ती नगरी जेल बस्नु पर्दा असाध्यै पीडा हुँदोरहेछ । म कसरी फसें भन्ने हरेक दिन सोचिरहन्थें ।

एउटा ६ वर्षको सहित तीन जना छोरा छन् । श्रीमती, आमाबुवाले के सोच्नुभयो होला भन्ने चिन्ताले पिरोल्यो । परिवारलाई पनि भेट्न दिएन । अरू मुद्दामा त भेटघाट गर्न पनि दिन्छ । तर मलाई चाहिं किन अत्यन्तै गम्भीर अपराध गरे जस्तो व्यवहार गर्‍यो ।

आमालाई पनि भगाइदियो । बुवालाई पनि भेट्न दिएन । बल्लबल्ल १० पटकको प्रयासमा काठमाडौंबाट आउनुभएको दाइलाई चाहिं एकपटक भेट्न पाएँ । होटलको तल सीसी क्यामरा छ भन्ने थाहा थियो । मैले उहाँलाई क्यामरा चेक गरिदिन भनें ।

तर त्यसका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनुपर्ने रहेछ । प्रहरी कार्यालयमा दाइ जाँदा निवेदन फ्याँकिदिए । कतिपटक त कार्यालयमा जानै दिएनन् । तर पनि लामो समयसम्म दाइले भनिरहे पनि कागज दर्ता नगरे पनि त्यतिकै राखिदियो । तर फुटेज पाउन सकिनँ ।

पछि पत्रकार मदन ठाकुर दाइले चिनजानको आधारमा सीसीटीभी फुटेज हात पार्नुभयो । त्यसमा कसैले मेरो मोटरसाइकलमा लागूऔषध राखिदिएको देखियो । यो थाहा पाएपछि मैले ठूलो सास फेरें ।

अब हुने प्रहरी अनुसन्धानमा कुनै पनि निर्दोष व्यक्ति नफसोस्, दोषी नछुटोस् । प्रहरीले बार्गेनिङ नगरोस्, यति भए मैले न्याय पाएको महसूस गर्नेछु
दाइले निवेदन दिने बित्तिकै जिल्ला प्रहरी कार्यालय, रौतहटका डीएसपी र घुमुवा प्रहरी सबैलाई तनाव भइसकेको रहेछ । त्यहीबीचमा भि

Facebook Comments Box