लोहरोैलिया देखि गेरमा सिमान सम्म जोडने ७ किलोमिटर सडक खाल्डाखुल्डी भको कारण गाडी चल्न समस्याा

सेयर गर्नुहोस

ज्ञानेश्वर सहानी / नवलपरासी / भदौ ०६

पश्चिम नवलपरासी जिल्ला काे पाल्हीनन्दन गाउँपालिका काे लोहराैली देखि गेरमा सिमानाका सम्म जाेड्ने लगभग १० किलोमिटर सडक मा खाल्डाखुल्डी भएर सडक काे अवस्था जीर्ण बन्दै गएको छ ।

परासी देखि गेरमा सडक खण्डमा बस , कार , टिप्पर , अाटाे रिक्सा , माेटरसाइकल , साइकल र पैदल बाट ५ सय देखि हजार भन्दा बढी मान्छेहरु अाउने जाने गर्छन् ।

गेरमा देखि हुँदै नवलपरासी जिल्ला काे सदरमुकाम मा जाेड्ने सडक काे अवस्था जीर्ण बनेको छ । उक्त सडकमा वडा अध्यक्ष , पालिका प्रमुख , प्रदेश सभा सदस्य र जस्तो जनप्रतिनिधिहरु हिड्ने बाटाे हाे । याे मर्मत सम्भारकाे लागि खासै चासाे देखिएको पाइदैन ।

सडक दिन प्रतिदिन जीर्ण बन्दै गएको छ । सडक काे बीचबीच भाग मा खाल्डाखुल्डी भएर पानी जामेकाे छ । याे सडकमा सवारी दुर्घटना धेरै हुन सक्ने सम्भावना भएको छ । याे सडक मा हिड्दा लगाएको कपडा समेत नराम्रो हुने गरेको छ । सडक मर्मत सम्भार मा स्थानीय सरकार , प्रदेश सरकार र केन्द्र सरकार चासो दिइएको पाइदैन । सडक निर्माण गरेर मात्र हुदैन त्यसको मर्मत सम्भार पनि गर्न अवश्यक रहेको छ । गर्मी काे समयमा धुलाेधुलाे हुने अनि बर्षा काे समयमा सडक काे बीच भाग मा भएको खाल्डा खुल्डी मा पानी जामेर सडकमा अावाज जावात गर्न निकै नै समस्या भइरहेको एक जना युवाले बताए ।

सडकको मर्मत सम्भार नभएको कारणले गर्दा सडकको छेउछाउमा पानी जम्ने , सडकको बीच भागमा खाल्डाखुल्डी भएर पानी जम्ने भएको कारणले निकै समस्या रहेको लोहराैली देखि गेरमा सडक मर्मतको लागि जनप्रतिनिधिहरु ध्यान जाना अवश्यक रहेको स्थानीय बताउँछन् ।

Facebook Comments Box