उडिरहेको विमानबाट खसेर अफगानीस्तान फुटबल खेलाडीको मृत्यु

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
४ साउन अर्घाखाँची
अफगानिस्तानमा उडिरहेको अमेरिकी सैन्य विमानबाट खसेर १७ वर्षीय फुटबल खेलाडीको मृत्यु भएको छ।

गत सोमबार काबुलमा उडिरहेको अमेरिकी सैन्य विमानबाट खस्नेमा एक जना १७ वर्षीय अफगानी फुटबल खेलाडी पनि रहेको पुष्टि भएको हो। तालिबानले अफगानिस्तान कब्जामा लिएपछि देश छोड्ने क्रममा राष्ट्रिय युवा फूटबल टोलीका सदस्य जाकी अनवारीको विमानबाट खसेर मृत्यु भएको पुष्टि भएको छ।
गरिब परिवारबाट आएका अनवारी निकै मेहनती खेलाडी थिए। अफगानिस्तानमा तालिबान आएसँगै खेलकुद क्षेत्र अन्धकार भएकाले उनी अन्य देशमा जान चाहान्थे। तर, उनको सपना पूरा हुन पाएन। अफगानिस्तान खेलकुद संघका मिडिया सम्बन्ध प्रमुख अरेफ पेम्यानले तालिबान आएपछि उनी निराश भएको र बाहिर गएर राम्रो जीवन बाँच्ने इच्छाका कारण भाग्न खोज्दा मृत्यु भएको जानकारी दिए।

Facebook Comments Box