भट्टराईले माधव नेपाललाई दिए बधाई,
लक्ष्मण बि सि
३ भदौ अर्घाखाँची
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले माधव नेपाललाई बधाई दिएका छन्। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले नेकपा एमालेलाई थोत्रो घर भन्दै माधव नेपाललाई नयाँ पार्टी बनाएकामा बधाई दिएका हुन्।
उनले सामाजिक सञ्जाल ट्विटरमार्फत माधव नेपाललाई भनेका छन्, ‘ढिलै भए पनि आफूले बनाएको तर थोत्रिइसकेको पुरानो घर छोडेर नयाँ घर बनाउने अभियानमा लागेका नेपालसहितका साथीहरुलाई बधाइ तथा शुभकामना।’ भट्टराईले पार्टीहरु फुट्नुलाई सामान्यतया राम्रो नमानिए पनि पुरानोको ध्वंसविना नयाँ निर्माण नहुने बताउँदै भनेका छन्, ‘अहिलेको टुटफुट नयाँ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस् !’
Facebook Comments Box
