कपिलवस्तुमा विद्यार्थी संगठनले नेपाल सरकारले ल्याएको अध्यादेशकाे विरोध (फाेटाे सहित )

सेयर गर्नुहोस

 

धनी राम काेरी
कपिलवस्तु : सरकारले ल्याएको पार्टी फुटाउन सकिने अध्यादेश काे कपिलवस्तुमा विद्यार्थी संगठनले बिरोध गरेको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु र अनेरास्ववियु कपिलवस्तुको आयोजनामा जिल्लाको गोरुसिङेमा बिरोध पर्द्शन गरेको छ ।

” परमादेश सरकारले ल्याएकाे दल विभाजन सम्बन्धी अध्यादेश काे सशक्त प्रतिरोध गराै ” भन्ने मुल नारा काे साथ बुद्धभुमि नगरपालिका वडा न २ गाेरुसिङ्गे मा राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु र अनेरास्ववियु कपिलवस्तु काे संयुक्त अायाेजान मा नेपाल सरकारले ल्याएको अध्यादेश काे विरोध कार्यक्रम गरिएको हाे ।

विरोध कार्यक्रममा अध्यादेश फिर्ता गर , MCC खारिज गर , परम अादेश सरकार मुर्दा वाद , विभाजन अध्यादेश किन लाइस नालायक सरकार पुष्टि भयो र नेपाल सरकार मुर्दा वाद लगायत का नाराहरु विरोध कार्यक्रम लागेको थियो ।

विरोध कार्यक्रममा राष्ट्रिय युवा संघ का केन्द्रीय सदस्य गाेपाल मणि ज्ञवाली ले नेपाल सरकारले जुन दल लाई सजिलो तरिकाबाट फुटाउने सक्ने अध्यादेश काे विरोध मा नेपाल भरिका सबै जिल्लामा
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु काे संयुक्त मा संकेतिक रुपमा विरोध गरेको छ । सरकारले अध्यादेशलाई फिर्ता लिएन भने याे भन्दा सशक्त रुपमा अान्दोलन गर्ने चेतावनी समेत ज्ञवालीले दिए ।

Facebook Comments Box