अर्याल होटलमा आज माधव नेपालको इन्ट्री, भीम रावल गएनन्

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
२ भदौ अर्घाखाँचीनेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ पार्टी गठनलगायतका विषयमा छलफलमा जुटेका छन्। नयाँ बानेश्वरस्थित होटल अर्यालमा जारी छलफलपछि निर्वाचन आयोग जाने समूहको तयारी छ।

सरकारले मंगलबार सिफारिस गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो १ बजेर १० मिनेटमा जारी गरेसँगै नेपाल पक्ष छलफलमा जुटेका हुन्।

अध्यादेश जारी हुनासाथ पार्टी विभाजनका लागि अघि बढ्ने छलफलमा जुटेको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिएका थिए।

Facebook Comments Box