गुल्मीदर्बार गाउँपालिकामा नागरिक मैत्री कार्यलय बनाउन ओैैपचारिक कार्यक्रम का साथ सप्पन्न
लक्ष्मण बि सि,
१ भदौ अर्घाखाँची गुल्मीको गुल्मीदरबार गाउँपालिकाले औपचारिक कार्यक्रमका साथ नागरिक मैत्री कार्यालय बनाउन, गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह उपलब्ध गराउन, जनताप्रति जवाफदेही बनाई पारदर्शिता कायम गर्न आर्थिक बर्ष ०७८/०७९ को लागि का.वा. अध्यक्ष मीना भण्डारीसँग प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले कार्य सम्पादन सम्झौता गर्नु भएको छ । त्यसै गरी प्रमुख प्रशासकीय अधिकृतसंग स्वास्थ शाखा प्रमुख नारायण अर्यालले कार्य सम्पादन सम्झौता गर्नु भएको छ । सोही कार्यक्रममा गाउँपालिकाका अन्य शाखा प्रमुखहरुले प्रमुख प्रशासकीय अधिकृत पाण्डेसँग कार्य सम्पादन सम्झौता गरेका छन । कार्य सम्पादन सम्झौता १०० अंकमा शाखा प्रमुखहरुको मूल्यांकन गर्ने व्यवस्था मिलाइएको छ ।बिगत बर्ष देखि जिल्लामामै पहिलो पटक कार्यसम्झौता कार्यक्रम सुरु गरेसङै सबै कर्मचारी बर्गहरुमा जिम्मेवारी र जवाफदेहीता सहित कार्य सम्पादन गर्ने उत्साह थपिएको छ । सुसासन, समयपालना, कार्ययोजना, कार्यसम्पादन, प्रोत्साहन बिषयगत कार्यक्रम सन्चालन , सेवा प्रवाह लगायतका विषयहरु कार्य सम्झौतामा समेटिएका छन । यसरी सेवा प्रवाहका विषयमा सम्झौता गरिएका कार्यले सबै कर्मचारी बर्गमाउत्साहा थपिनुका साथै मनोबल बढाउन समेत ठूलो सहयोग मिल्ले प्रमुख प्रशासकिय अधिकृत पाण्डेले जानकारी दिनुभयो। यता कार्यबहाक अध्यक्ष भण्डारीले यसरि योजना बद्द रुपमा कार्य योजना बनाइ कार्यलयमा कार्य सम्पदान गर्दा पालिकाका हरेक कार्यहरुले सफलता प्राप्त गर्ने र पालिकाले अगाडी सारेका मुख्य योजनाहरु सजिलै पूरा कुरामा शंका नभएको बताउनुभयो।
