पाल्पा मा गाडि दुघटना हुदा ११ जना घाइते

सेयर गर्नुहोस

३२/अर्घाखाँची
काठमाडौंबाट तानसेन नगरपालिका–७ कुन्सरेतर्फ जाँदै गरेको लु १ ज २९९२ नम्बरको विङ्गर गाडी प्रभास–सराई भित्रि सडकखण्डअन्तर्गत सालघारीमा सोमबार बिहान पौने १० बजे दुर्घटना भएको हो।

घाइते हुनेमा तानसेन नगरपालिका–७ कुन्सरेका २९ वर्षीय नरबहादुर कुमाल, सोही ठाउँका २८ वर्षीय बिक्रम गैरे, ४३ वर्षीय प्रेमबहादुर बाकवल, ३२ वर्षीय हुमबहादुर सारु, ३३ वर्षीय बिक्रम नेपाली, २१ वर्षीय अर्जुन पल्ली, ३० वर्षीय सोमबहादुर न्यौपाने, २८ वर्षीय योगेश सारु, ३३ वर्षीय पवनकुमार गाहा, ३५ वर्षीय सन्तोष गैरे, र चालक तानसेन नगरपालिका–६ का ३३ वर्षीय सोम राना रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

उनका अनुसार नरबहादुर कुमाल, बिक्रम गैरे, प्रेमबहादुर बाकवल, हुमबहादुर सारुको अवस्था गम्भीर रहेको छ। घाइते सबैको तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। गाडी सडकभन्दा १५ मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।

Facebook Comments Box