भारतले १५ अगस्तको अवसरमा ‘कला र साँस्कृतिक विरासतको बिकासका निम्ति ” भारतीय राष्ट्रिय ट्रस्ट” शुभारम्भ

भारतले ‘आजादी का अमृत महोत्सव’ को रूपमा ७५ औँ स्वतन्त्रता दिवस मनाएको हो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा फहराइ उत्सवको शुरुवात गर्नुभएको थियो । दिवसका अवसरमा भारत सरकारले सन् २०१५ को भूकम्पमा क्षतिग्रस्त भएका नेपालका सांस्कृतिक सम्पदाहरुको संरक्षण र पुनसर््थापनाका लागि ५० मिलियन अमेरिकी डलरको सहायता प्रदान गरेको छ । राजदूत क्वात्राले नेपालको २२ वटा सास्कृतिक सम्पदालाई मौलिक तवर पुननिर्माण गर्न भारतले सहयोग गर्ने धारणा राख्नुभयो । उहाले नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक रहेको भन्दै यसलाई मजबुद बनाएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
समारोहमा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक र विद्यार्थीहरुद्वारा देशभक्तिपुर्ण गीत र नृत्य प्रस्तुत गरिएको थियो ।
सो अवसरमा राजदूत क्वात्राले नेपालको सांस्कृतिक विरासत स्थलहरूको संरक्षणको लागी ‘कला र साँस्कृतिक विरासतको लागी भारतीय राष्ट्रिय ट्रस्ट’ को वेभसाइट पनि शुभारम्भ गरेका थिए । भारत सरकारले सन् २०१५ को भूकम्पमा क्षतिग्रस्त भएका नेपालका साँस्कृतिक सम्पदाहरूको संरक्षण र पुनःस्थापनाका लागि ५० मिलियन अमेरिकी डलरको सहायता पनि प्रदान गरेको छ ।
