कोइली खोलाले बगाएका अर्घाखाँची का पैडेल अझै भेटिएनन्, पानीको बहाव उच्च हुँदा समस्या

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
२९ साउन अर्घाखाँची
कपिलवस्तुको वाणगंगा नगरपालिका ९ कोइली खोलाले बगाएर बेपत्ता पुरुष अझै फेला परेका छैनन् । अर्घाखाँची धारापानीका ४० बर्षिय पशुपति पौडेल बिहिबार नदि तर्नेक्रममा कजवेपुलमाथि आएको बाढीले बगाएर बेपत्ता भएका थिए ।
पौडेलको बिहिबार बाटनै खोजीकार्य गरिएपनि अझैसम्म फेला पार्न नसकिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । पौडेलको नेपाली सेना, नेपाल प्रहरी, शशस्त्रबल, गोताखोरटोलीले खोजि कार्यजारी राखेको छ । तर लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदा समस्या भएको प्रहरीले जनाएको छ ।
कपिलवस्तुमा बिहिबार देखिको अविरल वर्षाका कारण नदीमा बाढी आएकाले अहिले उद्धारको काम रोकिएको र पानीको सतह घट्नासाथ खोजीकार्य जारी राख्नेपनि प्रहरीले जनाएको छ । वाणगंगाको भलवाड जोड्ने उक्त कजवेपुलमा आएको बाढीका कारण धेरै जनधनको क्षेती भएको छ भने पानी पर्दा स्थानीयहरु जोखि मोलेरै यात्रा गर्न बाध्य छन् ।

Facebook Comments Box