कपिलधाम र चौवा जोड्ने कजवेमा आएको बाढीले फेरि अर्घाखाँची धारापानि का पशुपति पैडेल लाई बगाएको छ अहिले उनको खोजी प्रहरी ले
लक्ष्मण बि सि
२९ साउन अर्घाखाँची
कपिलवस्तुको वाणगंगा नगरपालिका ९ मा पर्ने कपिलधाम र चौवा जोड्ने पहिलो कजवेले एक जनालाई बिहिवार दिउँसो बगाएको थियो बिहिबार दिउसो अर्घाखाँचीबाट आफ्नो आमा बुबा सङ कपिलवस्तु वाणगंगा आउनेक्रममा कजवेमा आएको बाढीले अर्घाखाँची धारापानीका थार्पाइला का अन्दाजी ४५ वर्षिय प्रसुपती पैडेल बेपत्ता भएका हुन् । उन को अहिले इलाका प्रहरी कार्यालय पिपराको टोली उद्धारका लागि घटना स्थलतर्फ गएको छ भने । बाढी आएका कारण केहि समस्या भएको छ ।https://www.facebook.com/1428756970735675/posts/3091024471175575/?app=fbl
बेपत्ता पैडेल को खोजीकार्यभैरहेको छ । भलवाडजोड्ने सडकमा रहेका २ वटा कज्वेका कारण पानी पर्दा स्थानीयलाई समस्या परेको छ । यस अघिपनि उक्त कजवेमा आएको बाढीले मोटरसाइकल बगाएको थियो । भने गतवर्षपनि कजवेमा आएको बाढीका कारण ठूलो जनधनको क्षती भएको थियो । भलवाड जोड्ने उक्त सडकमा पुल बन्न नसक्दा हरेकवर्ष स्थानीयले सास्ती खेप्नुपरेको छ भने । स्थानीय जोखिम मोलेरै यात्रा गर्न बाध्य छन्
