भासु मा जिप दुर्घटना : छोरी गुमाएका चालकको बयान, ‘मोटरसाइकल बचाउँदा जीप भीरमा खस्यो’
लक्ष्मण बि सि ,
२८ साउन अर्घाखाँची
बुधबार साँझ धनगढीबाट डोटीको जोरायल गाउँपालिका, गैरा गइरहेको प्रदेश ३ ०१ ०२३ च ९०५९ नम्बरको जीप भासु भिर क्षेत्रमा दुर्घटनामा पर्यो। चुरे गाउँपालिका–३ मा भएको उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको थियो। भने, ३ जना घाइते भए। दुर्घटनामा परि चुरे गाउँपालिका–६ की ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिका–१ की ५ वर्षीया एलिसा खड्काको मृत्यु भएको थियो।
अहिले घाइते भएका चालक जोरायल–१ का चालक रमेश खड्का, २८ वर्षीया निर्मला खड्का र चुरे–६ का सुशिल साउदको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परेका जीप चालक रमेश खड्काले अगाडि आएको मोटरसाइकल बचाउने क्रममा जीप भिरबाट तल खसेको बताएका छन्।
Facebook Comments Box
