अर्घाखाँची मा माक्स अभियान नेपाल भर कोरोना रोकथाम

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
२७ साउन अर्घाखाँची महामारी नियन्त्रण र रोकथाम मा मेरो प्रतिबद्धता” माक्स लगाउनु नै हो आजको आबस्यकता भन्ने नाराका साथ “नेपाल माक्स अभियान” शुरु भएको छ स्वास्थ कार्यलय अर्घाखाँचीको आयोजनामा यो अभियान शुरु भएको हो ।

बुधबार सन्धिखर्क को शान्ति बगैंचा बाट शुरु अभियानले सन्धिखर्क बजार भित्रका विभिन्न गल्ली गल्ली हरुमा सचेतना अभियान संचालन गर्दै माक्स हरु बितरण गरेको थियो । अभियानमा निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा क्षेत्री, स्वास्थ कार्यलय अर्घाखाँचीकि प्रमुख पुस्पा थापा लगायत को सहभागिता रहेको थियो ।
अभियान अन्तरगत स्वास्थ कार्यलय अर्घाखाँचीले सन्धिखर्कको तीन ठाउँ स्वास्थ कार्यलय परिसर, शान्ति बगैंचा चोक र चुत्राबेसिको भक्तिटोला मा माक्स बैंक स्थापना गर्नुका साथै कोबिड -१९ को महामारी बाट सुरक्षित रहन स्वास्थ र शुरक्षा सम्बन्धि जनचेतना अभियान चलाइने स्वास्थ कार्यलय अर्घाखाँचीका सूचना अधिकारी बिजय बरालले बताएका छन् ।

Facebook Comments Box