लुम्बिनी प्रदेश मा मन्त्रिपरिषद बैठक सकियो, एमाले संसदीय दलको बैठक सुरू

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
२७ साउन /अर्घाखाँची लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद बैठकलगत्तै पार्टी संसदीय दलको बैठक राखेका छन्।बुधबार बिहान मुख्यमन्त्री पोखरेल निवासमा मन्त्रिपरिषद बैठक बसेको थियो। मन्त्रिपरिषद बैठकमा के छलफल भयो र निर्णय के गरियो भन्नेबारे खुलाइएको छैन।

अहिले केहीबेर अगाडिदेखि नेकपा एमाले संसदीय दलको बैठक जारी छ।आफूविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि सामाना गर्ने कि राजीनामा दिने भन्नेबारे निर्णय लिन मुख्यमन्त्री पोखरेलले बैठक गरेका हुन्।

आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दैछ। यो बैठकमा मुख्यमन्त्री पोखरेलविरूद्ध दर्ता अविश्वास प्रस्तावमाथि छलफल हुनेछ।मुख्यमन्त्री पोखरेलका पक्षमा ३८ र विपक्षमा सभामुखसहित ४२ जना सांसद छन्।

Facebook Comments Box