पश्चिम नवलपरासीको बर्दघाट ईलाका प्रहरी कार्यालयका ईन्चार्ज कपिल वाग्लेको दुर्घटनामा परि निधन ।।
सुरेश यादव,नवलपरासी / साउन २६ ।
पश्चिम नवलपरासीको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक कपिल वाग्लेको दुर्घटनामा परि निधन भएको छ ।
वाग्लेलाई ईलाका प्रहरी कार्यालय बर्दघाट चौकी देखि करिव २ सय मिटर पूर्व राजमार्गमा पैदल हिड्दै गर्दा मोटरसाईकलले टक्करदिंदा वाग्ले शक्तघाईते भएपछि उहाँलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो । हिजो साँझ करिव ८ बजेको समयमा लु १४ प ८७५८ नम्वरको मोटरसाईकलले ठक्कर दिएको थियो ।
वाग्लेलाई ठक्कर दिने मोटरसाईकलमा सवार दिपेन्द्र पुन मगर पनि घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ । ठक्करदिने मोटर साईकल चालक सुनवल–१ प्रगतीटोलका दिपेन्द्र पुन मगर रहेको र उनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।
दुर्घटनामा परि घाईते हुनुभएका वाग्लेको उपचारका क्रममा हिजो राती १२ बजे भैरहवा मेडिकल कलेजमा निधन भएको हो ।
