सिमाक्षेत्रका पम्पबाट पेट्रोलियम पदार्थकाे तस्करी


कपिलवस्तु , साउन २४ । फितलाे अनुगमनका कारण जिल्लामा सिमा क्षेत्रका पम्पबाट पेट्रोलियम पदार्थ काे व्यापक तस्करी हुँदै आएकाे छ ।
नेपालबाट कृष्णनगर नाका भइ फर्क्ने भारतीय ट्रेलर गाडीहरु अवैधरुपले पेट्रोलियम पदार्थकाे तस्करी शुरु गरेका छन तर सम्बन्धित निकायहरु माैन बसेका छन ।
नेपाल भन्दा भारतमा पेट्रोलियम पदार्थकाे मूल्य धेरै रहेकाेले भारतबाट नेपाल भित्रिने मालवाहक गाडीहरु बार्डर नजिकका पेट्रोल पम्पहरुबाट अवैध रुपमा अतिरिक्त ट्यांकी जडान गरि डिजल तस्कारी गर्ने गरेकाे पाइएकाे छ ।
दुवै देशमा पेट्रोलियम पदार्थकाे दर
नेपालमा डिजलकाे मूल्य १११ र पेट्राेल १२८नेरु प्रति लिटर छ भने भारतमा डिजल १४५ र पेट्रोल १६४ नेरु प्रतिलिटर छ । भारतबाट कृष्णनगर नाका छिर्ने गाडीहरु धेरैजसाे कृष्णनगर-चन्द्राैटा सडकखण्डका फ्याक्ट्रीका कच्चामाल ढुवानी गर्ने हुन तर नेपाल प्रवेशपछि फर्किदा अधिकांशले तेलकाे सस्ताे दररेट रहेकाले अतिरिक्त ट्यांकीमा तीन सयदेखि पांच सय लिटर भरेर नाका हुँदै तस्करी गर्ने गरेका छन ।
बार्डर नजिकका पेट्रोल पम्पहरुले थप मुल्य पाएपछि सजिलै ट्रेलरहरुलाई तेल बिक्रि गर्दै आएका छन ।
फितलाे अनुगमन
सिमा क्षेत्रका पेट्रोल पम्पहरु नेपालभन्दा भारतीय गाडीलाई डिजल उपलब्ध गराउदै आउदा पनि सराेकार वाला निकाय र नेपाल आयल निगम पनि चुपलागेर बसेकाे छ । आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख अधिकृत दिनेश कुमार पाण्डेले पेट्रोल पम्प नै अनुगमन गर्न गएका छैनौं तर छिट्टै नै आयल निगम र हाम्राे टीम अनुगमनमा निस्कने बताउनुभयाे ।
पम्पहरुकाे मनपरि
सम्बन्धित निकायकाे फितलाे अनुगमनले राज्यकाे कराेडाैं राजस्व चुहावट पम्पवालाले भारतीय ट्रेलर र ट्रकहरुलाई करविजक बिल नै नदिएर तेल बिक्री गर्दा भइरहेकाे छ । जबकी नेपालभित्र पैठारी भएकाे पेट्रोलियम पदार्थ मालवाहक बिदेशी गाडी फिर्ता हुंदा सिमा नजिककाे पेट्राेल पम्पसम्म पुग्नेसम्म तेल मात्र दिन सक्ने प्रवाधान छ । नियम मिची पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने पम्पलाई कानुन अनुसार सजायकाे व्यवस्था गरिएकाे छ तर हालसम्म कुनै कार्यवाही नभएकै कारण अवैधानिक रुपमा धामाधम तेल बिक्री भई र भन्सार हुँदै भारतबाटै ल्याइएकाे तेल पुन: भारत नै पुगेकाे छ।
