सिरहा मा गरिब परिवारलाई राहत बितरण राजनीति रामस्वरुप

सेयर गर्नुहोस

बिनाेद मण्डल साउन 23
सिराहा , कोरोना संक्रमण बढिरहेको अवस्थामा अाम जनता पीडित र सामान्य जीवन कष्टमय भएको कहालीलाग्दो क्षणमा कोरोनाको तेश्रो कहर शुरू भएसँगै लामो समयदेखि नेकपा एमालेका राजनीति पृष्ठभूमि संग समीप रहेर अाम जनताको घरदैलोमा आपत बिपतमा विभिन्न किसिमका सहयोग गर्दै आएका साविक गाउँविकास समिति विष्णुपुरकटटी आहाले तथा हाल धनगढीमाई 12 का चर्चित नेता तथा समाजसेवी र नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय महासचिव रामस्वरूप सदायको पहल तथा दलित सरोकार मंच सप्तरीको सहयोगमा सिरहाको धनगडीमाई वडा नं 3 र 12 मा 510 जना दलित परिवारलाई राहत वितरण गरिने भएको छ ।
मिति 2078/4/24 र 25 गते वितरण कार्यक्रममा निम्न रगत सामग्री वितरण गरिने पक्का भएको छ ।
1 जिरा मसिनो चामल -25 केजी ।
2 पिठो 10 केजी ।
3 खाने तेल 1 लिटर ।
4 चाना 1 केजी ।
5 दाल 1 केजी ।
6 नुन 1 केजी ।
7 साबुन 4 वटा ।
माथि उल्लेखित राहत सामग्रीको लागि विवरण संकलनको लागि यसभन्दा अगाडी आषाढमा लक्षित दलित वर्गको विवरण संकलन गरिएको थियो । राहत तयारी अवस्थामा राखिएको र निर्धारित समय विहान 8 बजेदेखि वडा कार्यालय परिसरबाट वितरण गरिने पक्का भएको खवरले स्थानिय खुशी भएका छन ।

Facebook Comments Box